रुपन्देही सामाजिक सञ्जाल अष्ट्रलियाद्वारा आम्दा अस्पताललाई प्यासेन्ट मोनिटर

1.3K

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रलियाद्वारा आम्दा अस्पताललाई प्यासेन्ट मोनिटर

रुपन्देही सामाजिक सञ्जाल अष्टे«लियाले बुटवलको शिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा)मा प्यासेन्ट मोनिटर प्रदान गरेको छ । आईसियु कक्षमा भर्ना भई उपचाररत बिरामीको उपचारलाई सहज बनाउनको लागि प्यासेन्ट मोनिटर प्रदान गरेको सञ्जालले जनाएको छ ।
सञ्जालले ७ लाख ४६ हजार ५० रुपैया वरावरको प्यासेन्ट मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य तथा सांस्कृतिक संयोजक मुक्तिराम पोख्रेलले जानकारी दिनुभयो । आईतवार एक कार्यक्रमका विच सञ्जालका प्रतिनिधि काशीनाथ पोख्रेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद वस्याललाई प्यासेन्ट मोनिटर हस्तान्तरण गर्नुभएको हो ।
प्यासेन्ट मोनिटर ग्रहण गर्दै मेसु डा बस्यालले जापानी जनताको सहयोगमा निर्माण भएको अस्पताल अहिले आन्तरिक तथा वाह्य सहयोगबाट सञ्चालनमा रहेको बताउनु भयो । उहाँले अष्ट्रेलियामा रहेका नेपालीहरुबाट अस्पतालमा सहयोग पाउदा खुसी लागेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा संजालका अध्यक्ष इश्वर पोखरेलले विरामीले उपचार सेवा पाउने संस्थालाई सहयोग गरिएको बताउनु भयो । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीबाट एक एक रुपैया गरी संकलन गरिएको सहयोग राशीले विरामीको उपचारमा सहयोग पु्ग्ने उहाँको विश्वास छ । सामाजिक उत्तरदायीत्व अन्तर्गत आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संजालका महासचिव दिवाकर काफ्लेले संजालले अहिलेसम्म गरेको कार्यको वारेमा जानकारी दिदै कर्मको लागि विदेशी भूमिमा रहेपनि आफ्नो मुलुकको माया लागेर नै सहयोग गरिएको बताउनु भयो ।
आम्दा अस्पतालका प्रशासन प्रमुख धु्रव श्रेष्ठको संचालनमा भएको कार्यक्रममा जुम मार्फत अस्ट्ेलियाका सञ्जालका पदाधीकारी तथा सदस्यहरु जोडिएका थिए । सन २०१५ मा स्थापना भएको सञ्जालले कोभिड प्रभावितहरुलाई राहत वितरण, तिलोत्तमामा यौन हिंसामा परेका वालिकालाई सहयोग, क्यान्सर पिडितहरुलाई सहयोग, भुकम्प पिडितहरुलाई एनआरएन मार्फत सहयोग, मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रम, नेपाल अपाङ्ग आश्रममा सहयोग गरीसकेको जनाएको छ ।