नयाँ शक्तिमा ४० प्रतिसत दल बदल्ने नेता

345

नयाँ शक्तिमा ४० प्रतिसत दल बदल्ने नेता

220px-Baburam_Bhattaraiभैरहवा, २९ मंसिर । नयाँ शक्ति निर्माण अभियानमा देश दौडाहामा निस्केका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूराना दल वदलेर आउने ४० प्रतिशत नेताको सहभागीतामा नयाँ शक्ति गठन गर्ने बताउनु भएको छ ।
भैरहवाका उद्योगी व्यापारीसंगको अन्तरसंवाद कार्यक्रममा भट्टराईले उक्त कुरा वताउनु भएको हो । उहाँले भन्नुभयो–‘नयाँ शक्ति गठन गर्दा ४० प्रतिशत पुराना दलवदल लिन्छु, बाँकी ६० प्रतिशत उद्योगी व्यापारी बुद्धिजिवी नया अनुहारलाई समावेश गरिन्छ ।’
पार्टी चलाउन पुराना नेता पनि चाहिने तर नया भिजन भएका बुद्धिजिवी र व्यापारी समाजसेवीको साथमा बृहत भेला गरी नयाँ शक्तिको जन्म दिन आफू देशभर दौडीरहेको उहाँले बताउनु भयो ।
राजनीति खेल फोहोरी र भ्रष्ट्रचारी बनेको स्विकार्दै अब आफूले विकास केन्द्रित राजनीति गर्नका लागि नया शक्ति निर्माण अभियानमा लागेको बताउनु भयो ।
तीनवटा हटका कारणले मुलुक संकटमा परेको वताउदै उहाँले भन्नुभयो–‘काठमाण्डौं, दिल्ली र मधेशबीच त्रिकोणात्मक हटले मुलुक खतरामा परेको छ । यतिवेला काठमाण्डौ नझुक्ने हटमा छ । नेपालमा नाकावन्दी लगाउदा भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको सदस्य राष्ट्रबाट वञ्चित हुनुपर्ने अवस्था आएकोले आफनो साख बचाउन दिल्ली लागिरहेको र अर्कोतर्फ मधेशी मोर्चा पनि आफनै हटमा रहेका कारण मुलुक संकटमा फसेको छ ।’