कपिलवस्तुको बाणगंगामा तीन दिने मन्टेश्वरी तालिम सम्पन्न

608

कपिलवस्तुको बाणगंगामा तीन दिने मन्टेश्वरी तालिम सम्पन्न


कपिलवस्तुको बाणगंगा नगरपालिकाको वार्ड न ११ ओदारिमा रहेको स्काइलार्क ई बो स्कुलले संचालन गरेको तिन दिने मन्टेश्वोरि तालिम सम्पन्न गरेको छ ।
सो अवसरमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य बिष्णु पन्थीले राष्ट्रिय शिक्षाको सुधारमा भुमिका खेले पनि निजी बिद्यालयलाई राज्यले बिभेद गरेको बताउनु भयो । निजी क्षेत्रका बिद्यालय हटे शिक्षाको गुणस्तर खस्किने बताउदै उहाँले बालबालिकालाई बैज्ञानिक व्यवस्थित व्यवहारिक शिक्षा दिनु पर्नेमा जोड दिनुभयो ।
स्काइलार्क ई बो स्कुलका प्राचार्य तोलाकान्त डुम्रेले राज्यको बिभेदपुर्ण हेराईका बिच पनि आफुहरुले शिक्षामा आमुल परिर्वतन गर्न सक्नेमा बिश्वस्त रहेको बताउनु भयो । अहिले निजी बिद्यालयको आर्थिक अवस्था धरासायी भए पनि आत्म बिश्वास कायम राखिएको उहाँले बताउनु भयो ।
प्याब्सनका केन्द्रिय सचिवालय सदस्य शवेन्द्रदेव खनालले शिक्षण बिधी सहि बनाउन तालिमले सहयोग पुर्याउने बताउनु भयो ।
बिद्यालयका प्रमुख सल्लाहकार रबि काफ्लेले अभिभावकको भरोसा र चाहना अनुसारको शिक्षा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो । सो अवसरमा प्रशिक्षक साधना भण्डारी, बिद्यालयका एकेडेमिक ईन्चार्ज ध्रुब प्रसाद पौडेल, सहभागी शिक्षीकाहरु दिपीका बज्राचार्य र यशोदा जि सी लगायतले तालिममा सिकेको सिपको प्रयोगले सिकाई प्रभावकारी बन्ने बताउनु भयो । साथै शिक्षकको प्रतिभा प्रष्फुटन गर्न उल्लेख गर्नु भएको थियो ।
शिक्षक केसव पुरीको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा तालिममा जिल्लाका करि ५० जना शिक्षक र अभिभावकको उत्साह जनक सहभागीता रहेको थियो ।