प्रेस युनियनको केन्द्रीय बैठक कपिलवस्तुमा

प्रेस युनियनको केन्द्रीय  बैठक कपिलवस्तुमा

pressतौलिहवा, २९ मङ्सिर । नेपाल प्रेस युनियन कपिलवस्तुले प्रेस युनियनको केन्द्रीय कार्यसमितिको यही पुस १६ गतेको बैठक कपिलवस्तु शाखाको आतिथ्यतामा गर्ने निर्णय गरेको छ ।
शाखा सभापति गोपाल भण्डारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । सोका लागि प्रेस युनियनका जिल्ला उपसभापति किरणमान वज्राचार्यको संयोजकत्वमा आर्थिक समिति, आनन्द चौधरीको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय, तथा सबिना पौडेलको संयोजकत्वमा चार सदस्यीय अतिथि सत्कार समिति गठन गरिएको छ ।
बैठकले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शाखा संस्थापक सभापति सरोज अर्याल, पूर्वसभापति मनोज पौडेल र उपसभापति वज्राचार्यलाई सम्मान गर्ने निर्णय गरेको छ । तराई मधेसमा चार महिनायता भएको आन्दोलनका जायज माग तत्काल सरकारले सम्बोधन गर्न पनि माग गरिएको छ ।
केन्द्रीय समितिको बैठकमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षताको केन्द्रीय कार्यसमिति, लुम्बीनी अञ्चलका छ जिल्लाका सभापति र अन्य अतिथि गरी करिब ८० जनाको सहभागिता रहने सचिवालय संयोजक आनन्दकुमार चौधरीले बताउनुभयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •