जन प्रगतिशील मोर्चा बेल्जियमद्वारा भुकम्प अघि र पछि को अवस्था को बारेमा डकुमेन्ट्री प्रदर्शन

1.3K

जन प्रगतिशील मोर्चा बेल्जियमद्वारा भुकम्प अघि र पछि को अवस्था को बारेमा डकुमेन्ट्री प्रदर्शन

ब्रसेल्स /बेल्जियम
मंसिर २९

नेपालमा गयको विनासकारी भुकम्प अघि र पछि को अवस्था को बारेमा डकुमेन्ट्री बेल्जियमको आन्तर्पमा प्रदशन गरियको छ | विप्लब निकट मानिने जन प्रगतिशील मोर्चा बेल्जियम र बेल्जिक राजनैतिक वर्कर्स पार्टी को संयोजन मा प्रदशन गरियको छ |

करिब ६० जना बेल्जिक नागरिक अनि २० जना नेपालीहरु बीच देखाइयको उक्त डकुमेन्ट्रीमा नेपालमा भूकम्पले पारेको असर र पुननिर्माणमा राज्यको भूमिका ,र अहिले भूकम्प पिडितको अवस्था बारेमा विस्तृत जानकारी दिइयको थियो | ‘यो कार्यक्रम मार्फत कार्यक्रममा उपस्थित बेल्जिक नागरिक लाइ नेपालको पिडा बोध गराउने काम केहि हद सम्म भयको छ |’ मोर्चाका अधक्ष्य प्रेम पाठकले लुम्बिनी अनलाइन संग कुरा गर्दै भन्नुभयो ‘प्रत्यक्ष रुपमा हेर्दा आर्थिक पक्ष बाटत्यति फाइदा नदेखिय जस्तो भयपनी दिर्घकालिन रुपमा यो कार्यक्रमले मोर्चा र वर्कर्स पार्टीको बिचमा राम्रो र बलियो सहकार्य रहेको कुरा थप पुस्टि गरेको छ ‘|

माओवादी द्वन्दकालमा बेल्जियम बाट नेपाल हतियार पठाउने कार्यको बिरुद्धमा तत्कालिन नेपालि जन प्रगतिशील मंच ,र वर्कस पार्टी ले बेल्जियम सरकार समक्ष विरोध सहित मुद्धा दायर समेत गरेको थियो | जसका कारण बेल्जियम सरकारले पठाउन लागेको हतियार रोकिएको थियो |

नेपाली जन प्रगतिशील मोर्चा ,बेल्जियमले भुकम्प पिडितहरुको लागि भनेर अति आवस्यक खाद्यन्न लगायत का सामान झन्डै आठलाख बराबर को नेकपा माओवादी को संयोजन मा बितरण गरिसकेको छ |

कार्यक्रम स्थानीय वर्कर्स पार्टीका नेता लुडो केर्समाकरले चलाएका थिए भने डकुमेन्ट्री को प्राबिधिक तयारि भारतीय मुलका बेल्जिक नागरिक चिन्ताल ले तयार पारेका थिए|साथै कार्यक्रममा स्थानीय बसाइको अवस्था र भोगाइको बारेमा सयुक्त किरात समाजकी अध्यक्ष मुना राइ ले अन्तर्वार्ता को रुपमा व्याख्या गर्नु भएको थियो भने भुकम्प को पीडाको बारेमा बेल्जिक नागरिकले लेखेको लेख मोर्चाकी सचिव सुशिला पराजुली ले पढेर सुनाउनु भएको थियो |

[rem