चीनबाट थप ४४ लाख डोज खोप आईपुगेको छ । सरकारले खरिद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार नेपाल आईपुगेको हो ।
चीनसंग खरिद गरेको ६० लाख डोज खोप मध्ये १६ लाख डोज खोप यस अगाडि नै आईसकेको थियो । यस अगाडि ल्याएको खोपमा एक भाईलमा दुई डोज खोप हुन्थ्यो भने अहिले ल्याईएको खोपमा एक भाईलमा ५ डोज रहेकोले एउटै फ्लाईटमा ल्याउन सहज भएको खोप आपूर्ति महाशाखाले जनाएको छ ।
उक्त खोप केही दिनबाटै नागरिकलाई दिईने स्वास्थ्य सेवा विभाग खोप महाशाखाले जनाएको छ । महाशाखाले अहिलेसम्मको खोप कभरेजदर हेरेर वितरण गर्ने तयारी गरेको समेत जनाएको छ ।