रुपन्देहीका पालिकामा योग शिविर गरिँदै

321

रुपन्देहीका पालिकामा योग शिविर गरिँदै

पतञ्जली योग समितिको भगिनी संस्था युवा नेपाल समिति रुपन्देहीले योग शिविर सञ्चालन गरेको छ । पतञ्जली योग पिठ काठमाण्डौ र पतञ्जली योग समिति नेपालको निर्देशन तथा जिल्लाको समन्वयमा जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको युवा नेपाल रुपन्देहीका संयोजक मनोहर पौडेलले बताउनु भयो ।
स्वास्थ्यको लागि योग अत्यन्तै राम्रो भएकाले योग शिविरलाई प्राथमिकताको साथ सञ्चालन गरिएको उहाँले बताउनु भयो । सोही अनुसार तिलोत्तमा नगरपालिकामा ५ दिनको शिविर बुधबार सकिएको छ । शिविरसंगै तिलोत्तमा नगरपालिका वडा नं. ५ मा रहेको रामेश्वर शिवालय मन्दिरमा नित्य योग गर्ने गराउने गरि दिलबहादुर रायमाझीको संयोजकत्वमा योग समिति बनाउने निर्णय समेत गरिएको छ ।
यस्तैगरी देवदह, सैनामैना, भैरहवा, सियारी, सुद्धधोदन लगायत जिल्लाका सबै स्थानीय तहमा शिविर सञ्चालनको तयारी भईरहेको उहाले जानकारी गराउनु भयो ।