स्काईलार्कमा एक दिने दुना टपरी बनाउने तालिम सम्पन्न

575

स्काईलार्कमा एक दिने दुना टपरी बनाउने तालिम सम्पन्न


कपिलवस्तुको बाणगंगा–११ ओदारी स्थित स्काईर्लाक इंगलिस बोर्डिंग स्कुलले आज एक कार्यक्रमका विच एक दिने दुना टपरी बनाउने तालिम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै वडा नं. ११ का वडा अध्यक्ष एवम् विद्यालयका सल्लाहकार सोमनाथ अर्यालले आधुनिक युगमा लोप हुँदै गईरहेको परम्परागत सिप तथा सास्कृतिक महत्व बोकेको दुना टपरीको प्रर्वद्धन गर्न यो कार्यक्रमले सहयोग पुग्र्ने बताउनु भयो ।

उहाँले यसबाट विद्यालय उमेरका बालिकाले आफ्नो घरमा हुने साँस्कृतिक एवम् धार्मिक कार्यमा यसको प्रयोग गरी आर्थिक भार कम गर्नुका साथै परम्परागत सिपको विकास, सम्रक्षण र सम्वर्धन गर्न भुमिका खेल्ने उल्लेख गर्नु भयो । विद्यालय सल्लाहकार समिति संयोजक रवि काफ्लेले शुभकामना दिदै महिलाहरुको सिपको विकास गर्न लागि महिलाहरु नै एकजुट हुनु पर्ने बताउनु भयो । उहाँले राजनितिक, सामाजिक र आर्थिक रुपमा महिलाहरु अगाडी आउनका लागि शिक्षा अपरिहार्य रहेको बताउनु भयो ।

विद्यालयका प्राचार्य तोलाकान्त डुम्रको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक यशोदा खत्री र धु्रब पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । सिकाईको सहजीकरण विद्यालयका शिक्षिका कविता ढुङ्गाना, यशोदा खत्री, लिला पाठक, माया थापा, गायत्री अस्लामीले गर्नु भएको थियो । तालिममा कक्षा ४ देखि ९ सम्मका छात्राहरुको सहभागिता रहेको थियो ।