लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेसु ढकाललाई सम्मान

444

लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेसु ढकाललाई सम्मान

नेपाल औषधि व्यबसायी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकाललाई सम्मान गरेको छ । नेपालीहरुका चाडपर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा संघले बिहिबार मेसु ढकाललाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले शुभकामना सहित अस्पतालको बिकासमा सबै पक्षसंग समन्वय गरेर अगाडि बढ्न मेसु ढकाललाई सुझाव दिनुभयो । उहाँले संघले गरेका यस्ता कार्यक्रमले आपसमा सदभाव अभिबृद्धिमा पनि सहयोग पुग्ने भएकाले बेला बेला कार्यक्रम गर्न संघलाई आग्रह गर्नुभयो ।
संघका रुपन्देही जिल्ला अध्यक्ष सुरज भट्टराईले कार्यक्रममाथी प्रकाश पार्दै मेसु ढकाललाई बधाई ज्ञापन गर्नुभएको थियो । उहाँले अस्पतालको बिकासमा आफूहरु सधै साथमा रहने प्रतिवद्धता व्यक्त गर्दै सहकार्यको लागि तयार रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेसु डा. राजेन्द्र बस्याल, एनएमएका वरिष्ठ उपाध्यक्ष डा. डिबि खत्री, डा. सन्तोष पोखरेल, फार्मेशी एशोसियशनका ध्रुवकुमार शर्मा, मेलान रुपन्देही अध्यक्ष नारायण पौडेल, एनएमएसआरएका भैरवदत्त पन्त, पिनका चिरञ्जिवी पाण्डे, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । खड्कबहादुर बस्नेतको संयोजकत्वमा भएको कार्यक्रम संघका महासचिव पुरुषोत्तम भट्टराईको सञ्चालनमा भएको थियो । कार्यक्रममा संघसम्वद्ध सरोकारवालाको सहभागिता रहेको थियो ।