लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका हालै नियुक्त हुनुभएका प्रमुम मेडिक सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले निजी अस्पतालमा बिरामी नहेर्ने घोषणा गर्नुभएको छ । प्रादेशिक अस्पतालको प्रमुखमा नियुक्ति लिएसंगै निजी संस्थासंगको सम्वन्ध तोडेको बताउनु भयो ।
सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकमा वढि समय दिएको आरोप लागिरहेको वेला डा. ढकालले यस्तो निर्णय लिनुभएको हो । उहाँले आफु अस्पतालको प्रमुखमा रहंदासम्म खाली समयमा पनि सरकारी अस्पताल वाहेक अन्यत्र विरामी नहेर्न बताउनु भएको हो । उहाँले भन्नुभयो–‘अस्पतालको सुधार र विरामीहरुलाई पुर्णरुपमा सेवा दिनका लागि मैले यो पदमा हुनजेल निजी स्वास्थ्य संस्थामा सम्लग्न हुने छैन ।’
बुटवलमा रहेको पश्चिम क्षेत्रकै महत्वपुर्ण मानिएको लुम्बिनी प्रादेशिक अस्पतालले क्यान्सर विरामीको उपचार सेवा विस्तार गर्ने तयारी थालेको छ । मेडिकल हवका रुपमा चिनिदै गएको बुटवलमा क्यान्सर रोगको उपचार सेवा छैन । त्यसको लागि चितवनको क्यान्सर अस्पतालसंग सहकार्य गरेर उपचार विस्तार गर्ने सोचमा रहेको अस्पतालका मेसु डा. ढकालले बताउनु भयो ।
त्यसको लागि आन्तरिक गृहकार्य भईरहेको उहाँले बताउनु भयो । हालैमात्रै मेसु ढकालको नेतृत्वमा विभागीय प्रमुखहरु समेत रहेको प्रादेशिक अस्पतालको टोलीलले चितवनस्थित क्यान्सर अस्पतालको स्थलगत भम्रण समेत गरेको छ ।