पिस पोष्टर चित्रकला प्रतियोगितामा होराईजनका अनुभव प्रथम

514

पिस पोष्टर चित्रकला प्रतियोगितामा होराईजनका अनुभव प्रथम

लायन्स क्लव अफ बुटवलले बिद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । बुधबार सम्पन्न प्रतियोगितामा न्यू होराईजन माध्यमिक बिद्यालयका अनुभव प्रधान प्रथम, दीप बोर्डिङ् हाई स्कुलकी सोमिन पिया द्वितीय, एभरेष्ट माध्यमिक बिद्यालयकी सुप्रिया श्रेष्ठ तृतीय र समिट ईङ्लिस बोर्डिङ स्कुलकी अस्मिता सारु सान्त्वना भएका छन् ।
शान्तिलाई लक्षित गरेर ‘वी आर अल कनेक्टेड’ विषयमा गरिएको प्रतियोगितामा ११ बिद्यालयका १७ जना बिद्यार्थी सहभागि थिए । विजयी बिद्यार्थीलाई पुरस्कार वितरण गर्दै पूर्व डिष्ट्रिक गभर्नर अरुणप्रताप राणाले बालबालिका र शान्तिको विचमा रहेको अन्तरसम्बन्धको बारेमा प्रकाश पार्नुभएको थियो ।
त्यस्तै क्लवका अध्यक्ष लोकप्रसाद खरेलले क्लवले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेका कार्यहरुको बारेमा प्रकाश पार्नुभएको थियो । त्यस अवसरमा क्लवका पूर्व अध्यक्ष अर्जुनमान सैंजुले समेत भनाई राख्नुभएको थियो । प्रतियोगितामा नेपाल कमर्सियल आर्ट एशोसियशनका अध्यक्ष बेनु थापा र सल्लाहकार एचवि रम्तेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।