वालवालिकालाई जाडोका कपडा

341

वालवालिकालाई जाडोका कपडा

clothबुटवल, पुस । जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान (जिलाफ)को सहयोगमा नेपाल ट्रेड युनियन कांग्रेसले रुपन्देहीको बुटवलमा सञ्चालन गरेको अनौपचारिक वाल शिक्षा कार्यक्रमका वालबालिकालाई जाडोमा लगाउने स्वीटर तथा जुत्ता मोजा प्रदान गरिएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देही बिहिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठ, महासचिव महेन्द्रप्रसाद यादव, कोषाध्यक्ष योगेन्द्र कुवँर, रुपन्देही जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ लगायतले सो सामाग्रि वितरण गर्नु भएको हो ।
जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान (जिलाफ)को सहयोगमा नेपाल ट्रेड युनियन कांग्रेसले पश्चिमाञ्चलका ४ जिल्ला रुपन्देही, पाल्पा, नवलपरासी तथा कास्की सहित कैलाली भक्तपुर, बारा, पर्सा र मोरङ् गरी ९ जिल्लामा निम्नस्तरका मजदुरका छोराछोरी तथा वालश्रमिकलाई प्राथमिक तहको शिक्षा प्रदान गर्ने गरी तीन वर्षे अनौपचारिक वाल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
सोही कार्यक्रम अन्तरगत १८ वर्षदेखि रुपन्देहीमा सञ्चालित सो कार्यक्रममा ५० जना वालवालिकाले बुटवलको उजिरसिंह माबिमा अनौपचारिक शिक्षा आर्जन गर्दै आएका छन । निम्नस्तरका श्रमिका छोराछोरी तथा वालमजदुरहरुलाई पढाईमा ईन्करेज गराउन र उनीहरुको शैक्षिक स्तर उकास्नकालागि प्राथमिक तहको तीन वर्षे अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुवँरले बताउनु भयो ।
सो सामाग्रि वितरण गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठ, महासचिव महेन्द्रप्रसाद यादव, जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ, उपाध्यक्ष ओमप्रकाश चौधरी लगायतले यो कार्यक्रमले शिक्षाबाट वञ्चित हुने निम्नस्तरका मजदुर (जो बिद्यालयको पहुँच भन्दा टाढा छन) र वालमजदुरहरुलाई शिक्षाको घेरामा ल्याउन सघाउ पुगेको बताउनु भएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीले बिहिबार नै वालश्रम न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । सो कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा वाल श्रमको समस्या बढ्दै गएको र त्यसको न्यूनिकरणकालागि ट्रेड युनियनले भुमिका खेल्नुपर्ने औल्याएका थिए ।
जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष श्रेष्ठ, महासचिव यादव, कोषाध्यक्ष कुवँर, जिल्ला उपाध्यक्ष ओमप्रकाश चौधरी, मुक्ति खरेल, महिला समिति संयोजक उसा राना, महिला उपाध्यक्ष ललिता अधिकारी, पूर्व अध्यक्ष रेश्मीराज गैरे, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का, बुटवल नगर संयोजक किशोर क्षेत्री, नाई संघ रुपन्देही अधयक्ष सफातुल्लाह रजा लगायतले धारणा राख्नुभएको थियो ।