ईन्धनको मुल्य बृद्धि बिरुद्ध विप्लवको आन्दोलन : कात्तिक ३० गते नेपाल बन्दको घोषणा

1.3K

ईन्धनको मुल्य बृद्धि बिरुद्ध विप्लवको आन्दोलन : कात्तिक ३० गते नेपाल बन्दको घोषणा

नेपाल आयल निगमले ईन्धनमा गरेको मुल्यबृद्धि बिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलन सहित नेपाल बन्दको घोषणा गरेको छ । जनताको दैनिक जीवनसंग जोडिएका अत्यावश्यक बस्तुमा सरकारले निरन्तर मुल्यबृद्धि गरेको भन्दै मुल्यबृद्धिलाई तुरुन्त खारेज गर्न समेत माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले बिहिबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिले जनताको दैनिक जीवनमा आवश्यक पर्ने सबै बस्तुको मुल्य बृद्धि हुने भएकाले तत्काल फिर्ता लिन आग्रह गरिएको छ ।
‘तसर्थ सम्पूर्ण मुल्यबृद्धि बिरुद्ध सशक्त प्रतिशोध संघर्षमा उत्रन पार्टीका सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।
सो पार्टीले घोषणा गरेका संघर्षका कार्यक्रम अन्तरगत आज (बिहिबार) दिउँसो ३ बजे देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्ने, २६ गते शुक्रबार प्रचार प्रसार तथा साँझ मसाल जुलुस प्रदर्शन, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी रुपमा प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसम्म चक्का जाम, २९ गते दिउँसो सिट्ठी जुलुस साँझ मसाल जुलुस र ३० गते नेपाल बन्द रहेका छन् ।