शारीरिक अशक्त भयका विश्व साइकल यात्री लक्जेम्बर्गमा ,बेल्जियममा मिलेन कुनै सहयोग

460

शारीरिक अशक्त भयका  विश्व साइकल यात्री  लक्जेम्बर्गमा ,बेल्जियममा मिलेन कुनै सहयोग

ब्रसेल्स /बेल्जियम
पुष २

शारीरिक अशक्त भयका कालिका प्रसाद भण्डारी विश्व साइकल यात्राको क्रममा लक्जेम्बर्ग आइपुग्नु भयको छ |पुर्कोट १ तनहु घर भयका भण्डारी अपांगहरुको अधिकार र विश्व शान्तिको संदेश दिदै ‘पारा साइकल विश्व यात्रा’मा निस्कनु भयको हो |बेल्जियम यात्रा पुरा गरेर उहा लक्जेम्बर्ग पुग्नुभयको हो |

भण्डारीले यात्रामार्फत विश्वमा रहेका देशहरुमा साइकल यात्राको मार्फत ‘संयुक्त रास्ट्रसंघ सम्मेलन शारीरिक अशक्त भयका ब्यक्तिहरुको अधिकार २००६’को बारेमा जागरुक गराउने उधेश्य लिनुभयको छ | विगत केहि महिना देखि उहा साईकल यात्रा हुनुहुन्छ |गैर आवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राना द्वारा जारि पत्रमा प्रवासमा रहनुहुने सवै नेपालीहरुले उहालाई बिभिन्न सहयोग ,समर्थन गर्नको लागि आग्रह गरियको छ |

यात्राको क्रममा बेल्जियम पुगेका उनको  साइकल चोरी भयपछी  केहि सास्ती भोग्नु परेको थियो | शारीरिक अशक्त भयका साइकल यात्री भण्डारीले बेल्जियम कुनै सहयोग नमिलेको एन आर एन लक्जेम्बर्गले उहालाई उधृत गर्दै जानकारी दियको छ |अहिले भण्डारीलाइ लक्जेम्बर्गका एन आर एन आइ सी सी हरि बहादुर खत्रीले उहालाई यात्रा निरन्तरता कालागि साइकल उपहार स्वरुप दिनुभयको छ |