नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लागि रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रबाट प्रतिनीधि चयन गरिएको छ । पाच निर्वाचन क्षेत्र रहेको रुपन्देही क्षेत्र नं. १ बाट यज्ञ गैरे, ध्रुव खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा निर्वाचित हुनु भएको हो ।
क्षेत्र नं. १ मा खुल्ला तर्फ ४ जना आउनु पर्नेमा १२ जनाले प्रतिस्पर्धा गरेका थिए । महिलामा भने जागेश्वरी चौधरी र विद्यालक्ष्मी गुरुङ निर्बिरोध चुनिनुभएको छ ।
त्यस्तैगरी क्षेत्र नं. २ मा खुल्ला तर्फबाट शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, बासुदेव घिमिरे, चित्रबहादुर कार्की, मोहन चापागाई, बावुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्यलाई चयन गरिएको छ । त्यस्तै महिला तर्फ गुमादेवी आचार्य, सावित्रा अर्याल र ज्ञानु केसीलाई चयन गरिएको छ । दलिततर्फ जोगलाल विश्वकर्मा, कमला बिक र सुरेन्द्र श्रीलाई चयन गरिएको छ ।
त्यसैगरी रुपन्देही क्षेत्र नं. ३ बाट बिस्वराज बराल (अनूप), हितराज पन्थी, तुलसी चौधरी, रामप्रसाद रेग्मी तथा महिला तर्फ उमा अधिकारी र ममता पौडेल निर्वाचित हुनु भएको छ ।
क्षेत्र नं. ४ मा बाबुलाल यादव, शाधुशरण सहानी र महिलाबाट कमला भण्डारी तथा क्षेत्र नं. ५ बाट भूमिलाल सापकोटा, जीवनाथ पाण्डे, शिव पौडेल, रामचन्द्र यादव र कल्पना हरिजन निर्वाचित हुनु भएको छ ।