अस्पतालको ‘रजत महोत्सव’को अवसरमा रक्तदान

327

अस्पतालको ‘रजत महोत्सव’को अवसरमा रक्तदान

बुटवल लायन्स आँखा अस्पतालको रजत महोत्सवको अवसरमा रक्तदान गरिएको छ । आँखा अस्पतालको रजत महोत्सवको अवसरमा रजत महोत्सव आयोजक समितिको आयोजना तथा लायन्स क्लव अफ बुटवल, लायनेश क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको सहकार्यमा शनिबार रक्तदान गरिएको हो ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा क्लवका पदाधिकारी, सदस्यहरु तथा अस्पतालका कर्मचारी र सुभेच्छुक समेत गरि २६ जनाले रक्तदान गरेको लियो क्लव अफ बुटवलका अध्यक्ष रमेश न्यौपानेले बताउनु भयो । कार्यक्रम अनिश कशौधनको संयोजनमा भएको थियो ।
आँखा अस्पतालको भवनमा गरिएको रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै नेत्रज्योती संघ लुम्बिनीका प्रदेश अध्यक्ष सागरप्रताप राणाँले जीवन रक्षाको लागि गरिने रक्तदान जीवनदान नै भएको बताउनु भयो । उहाँले आँखा स्पतालले यस क्षेत्रको आँखा स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पु¥याएको समेत बताउनु भयो ।
लायन्स क्लव अफ बुटवलका कार्यवाहक अध्यक्ष महेशप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आँखा अस्पतालका सभापति तथा क्लवका पूर्व अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठ, लायन्स डिष्ट्रिक स्टाटेजिक चिफ तथा क्लवका पूर्व अध्यक्ष अर्जुनमान सैंजू, आँखा अस्पताल रजत महोत्सव समारोह समितिका सदस्य बिमलबहादुर शाक्य लगायतले आँखा अस्पतालले यस क्षेत्रको आँखा स्वास्थ्य सेवामा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु तथा पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
बुटवल लायन्स आँखा अस्पताल स्थापना भएको २५ औं वर्षको अवसरमा शुक्रबार मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने भोली आईतबार रजत महोत्सव बिशेष कार्यक्रमको तयारी गरिएको सचिव तथा क्लवका पूर्व अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनु भयो ।