हिमाली जडिबुटीमा आधारित ‘ग्रिन टि’ अब बुटवलमै

315

हिमाली जडिबुटीमा आधारित ‘ग्रिन टि’ अब बुटवलमै

एबि कर्णाली जडिबुटी एण्ड अर्गानिकको उत्पादन हिमाली जडिबुटीमा आधाररित ‘ग्रिन टि’ अब बुटवलमै पाईने भएको छ । आफ्नो उत्पादनलाई बिदेश (दुवई) निर्यात गरिरहेको उक्त कम्पनीले नेपाली बजारमा बिस्तार गर्ने योजना सहित बुटवलमा शाखा सञ्चालन गरेको हो ।
काठमाण्डौमा भने बिक्रि वितरण भईरहेको थियो । नेपालका मुख्य शहरहरुमा शाखा बिस्तार गर्ने योजना अनुसार बुटवलमा शाखा बिस्तार गरिएको र निकट भविश्यमा पोखरा, बिराटनगर लगायतका शहरहरुमा बजार बिस्तार गर्ने लक्ष्य रहेको कम्पनीका बजार व्यबस्थापक सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।
उक्त उत्पादनलाई बुटवलमा ‘द यार्सा’ले मिलनचोकमा ‘टि बार’ सहित होलसेल तथा खुद्रा बिक्रि सुरु गरेको हो । उक्त ‘टि बार’ तथा बिक्रि केन्द्रको शनिबार बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले शुभारम्भ गर्नुभयो । अध्यक्ष कसजूले दिनप्रतिदिन मानिसहरु बिरामी हुने क्रम बढ्दै गएको र यस्ता औषधिय गुण भएका बस्तुको प्रयोग स्वास्थ्यका लागि पनि उपयोगि भएको भनाई राख्नुभयो ।

एबि कर्णाली जडिबुटी एण्ड अर्गानिक सप्लायर्सले ‘सुगर फ्रि ग्रिन टि’ उत्पादन गर्दै आएको छ । जसमा यार्सागुम्बा, बनमुला (जिनसिङ), तुलसी, लालीगुराँशको फूल, रातो च्याउ मिश्रण गरिएको डाईरेक्टर बागबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार उक्त उत्पादनलाई नेपाल सरकार खाद्य तथा गुण नियन्त्रण कार्यालयले समेत प्रमाणित गरेको छ ।
यसको सेवनले सुगर, प्रेसरलाई सन्तुलित बनाउनुको साथै ईनर्जी पनि हुने, जाडो मौषममा शरीरलाई हिट गर्ने र हाडजार्नीलाई राम्रो गर्ने उहाँले बताउनु भयो । उक्त कम्पनीको वार्षिक १५ हजार किलो उत्पादन क्षमता भएपनि हाल १० हजार किलो मात्रै उत्पादन भएको डाईरेक्टर शाहीले बताउनु भयो ।
बुटवलको मिलनचोकमा सञ्चालित द यार्साका सञ्चालक अञ्जन श्रेष्ठले पछिल्लो समयमा औषधिय गुण भएका बस्तुहरुको माग बढीरहेको सन्दर्भमा आफूले हिमाली जडिबुटीबाट प्रशोधित ग्रिन टि ल्याएको बताउनु भयो ।