ओली सरकार असफल ः थापा

ओली सरकार असफल ः थापा

बुटवल/नेकपा क्रान्तीकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य रामवहादुर थापा बादलले केपी ओली नेतृत्वको सरकार असफल भइसकेको बताउनु भएको छ । नेकपा क्रान्तीकारी माओवादी रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नाकाबन्दीको समस्या समाधान गर्न नसक्नु सरकारको कुटनैतिक असफलता हो भन्नुभयो । राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मुलुकले सामना गरिरहेको समस्या समाधान गर्न सरकार उदासिन बनेको उहाको आरोप छ । बादलले आफूहरुको संघर्ष भारत विरुद्ध पनि भएको बताउनुभयो ।
तराई मधेससमा जारी आन्दोलनका कतिपय मागहरु जायज भएपनि नेतृत्व सहि नभएकाले समस्या बल्झीरहेको उहाको भनाई थियो । फुटेर गल्ती भएको र त्यहि कारणले चुनावमा पराजीत भएको एमाओवादीले स्विकार गरिसकेको भन्दै नेता बादलले एमाओवादी लगाएतका बिचार मिल्ने शक्तीहरु संग एकताको लागि संवाद भइरहेको बताउनु भयो । पार्टिका रुपन्देही संयोजक भुलवहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य अनुप बरालले गर्नुभएको थियो । badal-nepal-maoist

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •