कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास : अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

1.3K

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास : अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण नेपालले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । दक्षिणी अफ्रिकी मुलुक, युरोपका केही देशकासँगै विश्वका विभिन्न मुलुकमा ओमिक्रोनको संक्रमित भेटिन थालेपछि सरकारले अर्को व्यबस्था नहुँदा सम्मको लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका जिल्ला प्रशासन कार्यालयहरुलाई अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेश गर्न नदिने व्यबस्था मिलाउन निर्देशन गरेको हो ।
मन्त्रालयले कुटनीतिक, अफिसियल र आपतकालिन काम बाहेक सबै अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाईएको जानकारी पनि दिएको छ । त्यस्तैगरी अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय गर्न आग्रह गरिएको छ ।
दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा कोरोना भाईरसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित भेटिन थालेपछि त्यसको नियन्त्रण तथा रोकथामको लागि बिभिन्न देशहरुले कडा निर्णय लिन थालेका छन् ।