एमालेका रुपन्देही जिल्ला कमिटी सदस्य सहित १ हजार ३ सयद्वारा पार्टी परित्याग

519

एमालेका रुपन्देही जिल्ला कमिटी सदस्य सहित १ हजार ३ सयद्वारा पार्टी परित्याग

umlभैरहवा/ नेकपा एमालेका जिल्ला कमिटी सदस्य सहित १ हजार ३ सय जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । ६ महिना अघि राप्रपा छोडी नेकपा एमालेमा प्रवेश गरेका जिल्ला कमिटी सदस्य धकधईका ताहिर अलीले आफु सहित १ हजार ३ सय कार्यकर्ता पार्टी परित्याग गरि मधेश आन्दोलनलाई सघाउने जनाएका हुन् ।
रुपन्देहीको धकधईमा पत्रकार सम्मेलनको आयोजना गरि अली सहित एमालेका मधेशी संगठनको जिल्ला सदस्यआम प्रकाश यादव, नेकपा एमालेका अन्नान अहमद भाट, धकधईका अमरनाथ त्रिपाठी, महेश गौड लगायत १ हजार ३ सय जनाले पार्टी परित्याग गरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रेस बिज्ञप्ती जारी गर्दै अलीले एमाले सरकारमा हुदा हुदै भुकम्प पिडितलाई केही सहयोग गर्न नसकेको र यस कारण हिमाल पहाड तराई सबै तिर एमालेबाट बिरक्तिने कार्यकर्ताको संख्या बढ्दै गएको उल्लेख छ । पार्टीले मधेश प्रति नकारात्मक सोच रहेको आरोप लगाउदै अलीले एमालेले मधेश र मधेशी प्रति दमनको निति लिई मधेशीको निर्मम हत्या गरेको भन्दै एमाले प्रति बिश्वास र पार्टीमा बसी राख्ने कुनै औचित्य नरहेको लेखेका छन । अलीले आफु सहित १ हजार ३ सय जना कार्यकर्ताले साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन । पार्टी परित्याग गरेर मधेशी र मधेश आन्दोलनमा सहयोग गरे पनि अहिले भने स्वतन्त्र रुपमा बस्ने अलीले पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु संयोजक महेन्द्र यादव, तमलोपाका अजय वर्मा, तमसपाका श्रीनिवास यादव, सदभावनाका ओम प्रकाश यादव (गुल्जारी), क्षेत्र नं. १ का ईन्चार्ज बिद्या यादव, सरोज कुमार पाण्डे, प्रदीप कुमार पाण्डे, देवेन्द्र पाण्डे लगायतले पार्टी परित्याग गरेका नेताहरुलाई स्वागत गरेका थिए ।