‘राेटरी सेवा पदक’ डा. नन्दुप्रसाद पाठक र डा. निरा पाठक पंगेनीलाई प्रदान

1.3K

‘राेटरी सेवा पदक’ डा. नन्दुप्रसाद पाठक र डा. निरा पाठक पंगेनीलाई प्रदान


राेटरी क्लव अफ बुटवलले प्रदान गर्ने याे वर्षकाे ‘राेटरी सेवा पदक’ डा. नन्दुप्रसाद पाठक र डा. निरा पाठक पंगेनीलाई प्रदान गरिएकाे छ । क्लवले प्रत्येक दुई वर्षमा प्रदान गर्ने उक्त राेटरी सेवा पदकबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. नन्दु र काठमाण्डाै थापाथली स्थित प्रसुतिगृहमा कार्यरत डा. निरालाई सम्मान गरिएकाे हाे ।
क्लवकाे उन्तिसाैं स्थापना दिवसकाे अवसरमा बुधबार बुटवलमा आयाेजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएकाे हाे । त्यस अवसरमा राेटरीका नाेमिनी डिष्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजु, क्लवमा मानार्थ सदस्य तथा बुटवलका मेयर शिवराज सुवेदीले कदर-पत्र प्रदान गर्दै दाेसल्ला ओढाउनु भएकाे थियाे ।
उक्त सम्मान सहित डा. द्वय पाठकलाई जनही १ लाख रुपैंया नगद पुरस्कार प्रदान गरिएकाे छ । क्लवले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, खानेपानी तथा सरसफाई जस्ता विषयमा विशिष्ट याेगदान गरेका १ जना व्यक्तिलाई प्रत्येक २ वर्षमा राेटरी सेवा पदक प्रदान गर्दै आएकाे छ । याे वर्ष भने एउटा पुरस्कार दुई जनालाई बाडिएकाे हाे ।
क्लवले याे वर्ष स्वास्थ्य सेवालाई छनाैट गरेकाे थियाे भने त्यसमा पनि काराेना महामारी समयमा स्वास्थ्य सेवामा अभूतपूर्व याेगदान गरेका दुई जना डाक्टरलाई छनाैट गरिएकाे क्लवका अध्यक्ष डा. तारा उपाध्यायले बताउनु भयाे । उक्त पुरस्कार प्रदान गर्ने व्यक्ति छनाैटकाे लागि क्लवले निवर्तमा अध्यक्ष सुनिल श्रेष्ठलाई संयाजककाे जिम्मेवारी प्रदान गरेकाे थियाे ।

राेटरी पत्रकारिता पुरस्कार पत्रकार द्वय नेपाल र कंडेललाई

क्लवले प्रत्येक वर्ष प्रदान गर्दै आएकाे ‘राेटरी पत्रकारिता पुरस्कार- २०७८’ पत्रकार द्वय कबिन्द्र नेपाल र एन.बि. कंडेललाई प्रदान गरिएकाे छ ।
पत्रकारिताकाे माध्यमबाट राेटरीका गतिबिधिलाई समाजमा पुर्याउन विशिष्ट याेगदान गरेकाे भन्दै लुम्बिनी अनलाईनका कार्यकारी सम्पनदक नेपाल र ग्लाेवल आवाजका कंडेललाई पुरस्कृत गरिएकाे हाे । उक्त पुरस्कारकाे राशी जनही १० हजार रुपैंया रहेकाे छ ।
त्यसै अवसरमा क्लवका संस्थापक तथा पुर्व अध्यक्षहरुलाई सम्मान-पत्र सहित दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै राेटरीका नाेमिनी डिष्ट्रिक गभर्नर ध्वजुले सामाजिक तथा शैक्षिक बिकासमा राेटरीकाे उल्लेखनीय याेगदान रहेकाे बताउनु भयाे । क्लवका मानार्थ सदस्य तथा बुटवलका मेयर सुवेदीले शिक्षालाई सीपसंग जाेड्नु पर्नेमा जाेड दिनुभयाे ।

राेटरी सेवा पदकबाट सम्मानित डा. निराले नया पिढीले अनुशरण गर्ने र आउने पुस्तालाई समेत मार्गदर्शन हुनेगरि क्लवले काम गरेकाे भन्दै स्रहाना गर्नु भयाे । कार्यक्रममा क्लवका असाईन एजी राजेन्द्र कार्की, पूर्व अध्यक्ष रामप्रसाद खरेल, स्पाेन्सर क्लव बुटवल डाउनटाउनका जविन कक्षपती, क्लवका प्रेसिडेन्ट इलेक्ट बाेनिन पिया, एडमिन चियर राेम शर्मा लगाएतले शुभकनमना व्यक्त गर्नुभएकाे थियाे ।