भारतमा दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि : नेपालमा पनि त्रास बढ्यो

1.3K

भारतमा दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि : नेपालमा पनि त्रास बढ्यो

छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएको छ । भारतमा दुई जनामा कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कर्नाटकका ६० वर्ष ४० वर्षका दुई जना पुरुषमा उक्त संक्रमण पुष्टि भएको हो । भारतमा संक्रमण भेटिएपछि ओमिक्रोनको संक्रमण २६ देशमा फैलिएको छ ।
छिमेकी मुलुक भारतमा कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएपछि खुला सिमा रहेको नेपालमा त्यसको त्रास बढेको छ ।