नेपाली दुताबास बेल्जियम बाट मङ्सिर मसान्त सम्म २ हजार २ सय ५० जनाले एम आर पी राहदानी लियका छ | आर्थिक वर्ष २०६७/६८ देखि अहिले सम्म बेल्जियम नेदरल्याण्ड र लक्जेम्बर्गमा बस्ने नेपालीहरुले एम आर पी लियका हुन् |
एम आर पी वापत दुतावासले २ लाख ८७ हजार ४ सय ६० यूरो अर्थात् अहिलेको विनियम दर अनुसार ३ करोड ३३ लाख बेसी रकम राजश्व संकलन गरेको छ |दुतावासले आर्थिक वर्ष २०६७/६८ मा ८० जनाले एम आर पी वितवरण गरेको थियो | त्यस्तै गरेर ६८/६९मा ६२, ६९/७० मा १७४ र ७०/७१ मा ५९८ जनालाई दुतावासले राहदानी वितवरण गरेको छ | गत आर्थिक वर्षमा एम आर पी लिनेको संख्या बढेर ९८९ पुगेको दुतावासले जनायको छ |अन्तिम चरणमा २०७२/७३ मंसिर मसान्त सम्म ३४७ जनाले एम आर पी लिइसकेका छन |
गत नोमेम्बर २५ देखी हस्त लिखित राहदानीहरु स्वतः खारेज भएको सन्दर्भमा दूतावासले विगतमा जस्तै एम आर पी जारी गर्ने प्रक्रियालाई निरन्तरता दिईरहेको जनायको छ । साथै, एम आर पी को अभावमा तत्काल नेपाल जान आवश्यक परेका नेपालीहरुको हकमा नेपाल फर्कने प्रयोजनको लागि मात्र अत्यन्त जरुरि ट्राभल डकुमेन्ट जारी गर्ने गरेको छ ।
दुताबासका अनुसार एम आर पिको अभावमा अफ्ठ्यारो स्थितिमा पर्ने अवस्था सिर्जना हुन जाने देखिएमा दूतावासमा बुझाएको फारम सम्बन्धित व्यक्ति स्वयंलेनै आफ्नो फारम कुरियर गरेर राहदानी विभागमा पठाउन सक्ने व्यवस्था रहेको छ । साथै सम्बन्धित व्यक्तिले निजको आफन्तले विभागबाट राहदानी बुझ्ने गरी मन्जुरीनामा पनि पठाएको अवस्थामा ति आफन्तले राहदानी बुझी यस दूतावासमा पठाउन सक्ने समेत व्वस्था रहेको ब्रसेल्स स्थित नेपाली दुताबासले जानकारी दियको छ ।
ब्रसेल्स स्थित नेपाली दुतावासले बेल्जियम सहित नेदरल्याण्ड र लक्जेम्बर्ग लाइ हेर्दै आयको छ |