अन्तरपालिका उपमेयर कप भलिवलको उपाधि आयोजक बुटवललाई

1.3K

अन्तरपालिका उपमेयर कप भलिवलको उपाधि आयोजक बुटवललाई

अन्तरपालिका उपमेयर कप महिला भलिवल प्रतियोगिताको उपाधि आयोजक बुटवल उपमहानगरपालिकाले हात पारेको छ ।
आईतबार बुटवलको नविन औद्योगिक माध्यमिक विद्यालयमा भएको फाईनल प्रतिस्पर्धामा तिलोत्तमा नगरपालिकालाई ३/० को शोझो सेटमा हराउँदै उपाधि बुटवलले हात पारेको हो । उपाधिसंगै बुटवलले १ लाख ५० हजार रुपैंया नगद पुरस्कार तथा कप, मेडल र प्रभाणपत्र प्राप्त गरेको छ । उपविजेतामा समेटिएको तिलोत्तमा नगरपालिकाले ७५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
बुटवल नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा १० टिम सहभागि थिए । प्रतियोगितामा बेनी नगरपालिका तृतीय भएको छ भने उसले ३५ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै भिमदत्त नगरपालिकाले चौंथो हुँदै १५ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै बुटवलकी आरती सुवेदीलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।