बुटवलमा प्रथम कालिका रनिङ शिल्ड प्रतियोगिता हुँदै : रुपन्देहीका ३० बढी बिद्यालय सहभागि

232

बुटवलमा प्रथम कालिका रनिङ शिल्ड प्रतियोगिता हुँदै : रुपन्देहीका ३० बढी बिद्यालय सहभागि

बुटवलमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयले प्रथम जिल्ला स्तरीय ‘कालिका रनिङ शिल्ड’ प्रतियोगिता आयोजना गरेको छ ।
विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा पुसको १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा रुपन्देही जिल्लाका ३० बढी विद्यालयबाट ५ सय बढी बिद्यार्थी १६ स्वर्ण, १६ रजत र १६ कास्य पदमा प्रतिस्पर्धा गर्नेछन् ।
विद्यार्थीमा रहेको खेल प्रतिभा प्रष्फूटनको लागि यो वर्षदेखि जिल्ला स्तरीय रनिङ शिल्ड गर्न लागिएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले बताउनु भयो । विद्यालयले यस अगाडि नगर स्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको थियो ।
प्रतियोगितामा जिजेताले ५० हजार रुपैंया र उपविजेताले ३० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगितामा तेस्रो हुनलाई २० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी गराउनु भयो ।
वार्षिकोत्सवकै अवसरमा विद्यालयमा निर्माण गरिएको प्रदेश स्तरीय छात्रावास भवन उद्घाटन, विद्यालयको भवन शिलान्यास, छात्रबृत्ति वितरण लगायतका कार्यक्रम गरिने विद्यालयले जनाएको छ ।