अक्षयकोष निर्माणका लागि समिति गठन

641

अक्षयकोष निर्माणका लागि समिति गठन

khimananaबुटवल, पुस । नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कारको राशी बढाउनुका साथै त्यसलाई व्यबस्थित गर्नकालागि सभापति बिक्रम खड्काको संयोजकत्वमा सल्लाहकार सहितको समिति गठन गरेकाे छ । युनियन रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले पुरस्कारलाई मुल्यावान् बनाउनका लागि पुरस्कारको राशी बृद्धि गर्ने निर्णय गरेको हो ।साथै पुरस्कारको अक्षयकोष निर्माणकालागि आर्थिक संकलन गर्न सभापति खड्काको संयोजकत्वमा सल्लाहकारहरु हरि लम्साल, माधव नेपाल, रामराज पोख्रेल, खिमानन्द भट्टराई, भवानीप्रसाद पाण्डे र डायलसन अधिकारी रहेको ७ सदस्यीय समिति गठन गरिएको हो ।त्यस्तै कार्यसमितिका पदाधिकारी र सदस्यहरुले पनि आफ्नो ठाउँबाट यथेष्ट सहयोग पुर्याउने निर्णय गरिएको छ । केही वर्ष अगाडी स्थापना गरिएको पुरस्कार केन्द्रकाे निर्देशिका नबनेका कारण र अक्षयकोष नभएकाले अबरुद्ध थियाे। युनियनको बैठकले आगामी साधारण सभाबाट नियमित वितरणको व्यबस्था मिलाउने समेत निर्णय गरेकाे  ।१५ हजार एक रुपैंया रहेको पुरस्कारको राशीलाई बृद्धि गरि ३० हजार एक रुपैंया पुर्याउँदै त्यसकालागि अक्षयकोष व्यबस्थापनका लागि सबैले आ–आफ्नो क्षत्रबाट सहयोग गर्न पनि सबैमा आह्वान गरिएको छ ।
त्यस्तै बैठकले यहि पुस महिनाको २५ गते शनिबारका दिन संस्थागत पिकनिक कार्यक्रम निर्धारण गरि युनियनका पदाधिकारीहरु, सल्लाहकार, कार्यसमिति सदस्य, पार्षद तथा साधारण सदस्यलाई सो कार्यक्रममा सहभागि हुनका लागि आह्वान गरेको छ ।सभापति बिक्रम खड्काको सभापतित्वमा भएको बैठकले प्रतिमा स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकोमा युनियन रुपन्देहीका उपसभापति रेखा भुसाल र हालै बैवाहिक बन्धनमा बाधिएकोमा सचिव कबिन्द्र नेपाललाई बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ ।

nepal-press-union-rupandehi