कोरोना भाईरस विरुद्धको खोप नलगाएका व्यक्तिमा भन्दा खोप लगाएका व्यक्तिमा संक्रणको दर कम देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा गरेको अनुसन्धानबाट यस्तो तथ्य फेला परेको हो ।
त्यस्तै खोपको मात्राले पनि संक्रमणको जोखिमलाई तलमाथि देखाएको छ । एउटा डोज मात्रै खोप लगायका व्यक्तिमा भन्दा दुबै डोज खोप लगाएका व्यक्ति तुलनात्मक रुपमा सुरक्षित देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारि निर्देशक डा. प्रदिप ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार खोप नलगाएका भन्दा फरक फरक कम्पनीका भएनि दुबै मात्रा खोप लगाएका व्यक्ति तुलनात्मक रुपमा सुरक्षित छन् ।
खोप लगाएका व्यक्तिलाई बुष्टर डोज आवश्यक देखिएको उहाँले बताउनु भयो । बुष्टर डोज लगाएका व्यक्तिमा एण्टिबडी उत्पादन भएको त छ तर खोपको प्रभाव रहँदासम्म मात्रै रहन्छ या त्यसपछि पनि शरीर आफैले एण्टिबडी उत्पादन गर्छ त्यो अध्ययनकै विषय भएको उहाँले बताउनु भयो ।
कोभिड–१९ को तेस्रो लहर ओमिक्रोन भेरियन्ट देखिएपछि खोप र बुष्टर डोज खोपमा सबैको चासो छ ।