अनेरास्ववियुको राष्ट्रिय महिला भेला बुटवलमा

479

अनेरास्ववियुको राष्ट्रिय महिला भेला बुटवलमा

nepalबुटवल, पुस । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले मधेश दलहरु भ्रमपूर्ण आन्दोलनमा लागेको बताएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटिको आयोजनामा आइतबार बुटवलमा सुरु भएको राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै एमाले वरिष्ठ नेता नेपालले समावेशी संविधानका विरुद्ध जनतामा एकोहोरो भ्रम सिर्जना गरेको बताए । अहिले जारी भएको संविधान संसारका कुनै पनि संविधान भन्दा उत्कृष्ट, समावेशी
र गतिशिल रहेको नेता नेपालले बताए ।
अहिलेको संविधानले अधिकारको विस्तार गरेको उनको दाबी थियो । नेता नेपालले लोकतान्त्रिक शक्तिले केही ढिला गरेकै कारण अतिवादीहरुले चलखेल गर्ने मौका पाएको र मधेशको आन्दोलन त्यसैको उदाहरण भएको बताए ।
तर, यस्तो भ्रम सधै छर्न सम्भब नरहेको बताउ“दै उनले अब एमालेले अगुवाई गर्दै संविधानका विशेषता र रुपान्तरणको नारा लिएर देशव्यापी अभियान सुरु भएको जनाए । अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी फा“ट इन्चार्ज रविन्द्र अधिकारी, पूर्व अध्यक्ष खिमलाल भट्टराई, अनेमसंघ सचिव सुजिता शाक्य, एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरी, केन्द्रीय सदस्य एकराज विक, अनेरास्ववियुका महासचिव नविना लामा, महिला विभाग प्रमुख कमला बोहोरा, अनेरास्वियु केन्द्रीय सदस्य बसन्त ढकाल, एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठ, उपाध्यक्ष शिव सुवेदीलगायतले बोलेका थिए ।
भेलामा अनेरास्वियुका देशभरका ३ सय ५० जना महिला कार्यकर्ताहरु सहभागी रहेको केन्द्रीय सदस्य तथा व्यवस्थापन गरिरहेको कमिटिका पूर्व अध्यक्ष यमराज पाण्डेले बताए ।