नेपाली कांग्रेस रुपन्देहीद्वारा शोक शभा

1.3K

नेपाली कांग्रेस रुपन्देहीद्वारा शोक शभा


नेपाली कांग्रेस रुपन्देहीले स्व भुवनेश्वरी ढकालको १२औ पुण्यतिथिका दिन शोक सभा गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका पुर्व पार्टी सभापति राम चन्द्र ढकाल तथा तिलोत्तमा नगरपालिका वडा नं १३ का वडा सभापति नारायण ढकालकी माता स्व भुवनेश्वरी ढकालको १२औ पुण्यतिथिका दिन बिहीबार शोक सभा गरेको हो ।
शोक सभामा बोल्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य अब्दुल रज्जाकले जन्म र मृत्युु संगैलिएर आएको हुँदा मृत्युलाई सहजै स्वकार्नु पर्ने मानव जातिको बाध्यता रहेको बताउनु भयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर पुनले स्वर्गीय आमाको बैकुण्ठ बासको कामना गर्नु भयो।
शोक सभामा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान,युवा तथा खेल कुद मन्त्री वसिउद्दिन खाँ,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा का प्रमुख सचेतक फकुरद्धिन खान, प्रदेश सभा सदस्य ,अष्ठभुजा पाठक,रमा अर्याल,नेपाली कांग्रेस क्षेत्र नं ३का क्षेत्रीय सभापति सुशील गुरुङ,प्रदेश नं ३ ख का सभापति घनस्याम चालिसे,कांग्रेस तिलोत्तमा नगरपालिकाका सभापति हरिलाल पाण्डे लगाएतले स्वर्गीय भुवनेश्वरी ढकालले नेपाली कांग्रेसमा दिएको योगदानको चर्चा गर्नु भयो । नेपाली कांग्रेसका पुर्व सभापति राम चन्द्र ढकालले स्व.आमाले आफुहरूलाई दिएको शिक्षा दीक्षा पालन पोषण लगायत राजनीतिमा देखाएको सकृयताको स्मरण गर्नु भयो
पार्टीका जिल्ला सभापति रामकृष्ण खाँणले संसारमा आमा भन्दा ठूलो कोहि नहुने भन्दै ढकाल परिवारको शोक आफ्नो लागि पनि शोक भएको बताउनु भयो ।
जिल्ला सचिव हरि काफ्लेको संचालन गरेको उक्त कार्यक्रममा सयौ काङ्ग्रेस नेता तथा कार्यकताको सहभागिता रहेको थियो ।