इन्टलेक्चयुअलको सञ्चालक समिति अध्यक्षमा मरासिनी

1.3K

इन्टलेक्चयुअलको सञ्चालक समिति अध्यक्षमा मरासिनी

इन्टलेक्च्युअल एकेडेमी (स्कूल) बुटवल ११ कालिकानगरको ११ औं साधारणसभा तथा ५ औं अधिवेशन एक समारोह बीच शनिबार संम्पन्न गरियो । साधारण सभाको अवसरमा संस्थाका सञ्चालकहरुले कोभिड माहमारीसँगै सेवामुलक व्यवसायिक संस्थाहरुलाई चुनौती थपिएको बताउँदै सोको सामना गर्न नयाँ भिजन र मिसनसहित अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
सो अवसरमा संस्थाका सञ्चालक रामराज पोख्रेलले आर्थिक वर्ष २०७७÷०७८को आयव्यय तथा भावी रणनीतिहरु प्रस्तुत गर्नु भएको थियो भने संस्थाका संस्थापक अध्यक्ष एव सञ्चालक डा. कृष्ण खरेल, सञ्चालक गोविन्दप्रसाद मरासिनी, नारायण भण्डारी, लक्षण कुँवर, खुमा घिमिरे, लेखा संयोजक पारसमणी भण्डारी, शेयर सदस्यहरु प्रकाशचन्द्र पाण्डे, मदनलाल बसेल, धर्म एस.के., खेमनारायण अर्याल, जिवाखर अर्याल, लक्ष्मी पन्थी, माया पौडेल, अर्जुन पराजुली, यादव पौडेल लगाएतले धारणा राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा सम्पन्न साधारण सभा पश्चातको अधिबेशनबाट संस्थाका सञ्चालक गोबिन्दप्रसाद मरासिनीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ । अधिवेशनले डा. कृष्ण खरेल, डिल्लीराज अर्याल, रामराज पोख्रेल, नारायणप्रसाद भण्डारी, लक्षण कुँवर र खुमा घिमिरेलाई सञ्चालक समितिको सदस्यमा तथा लेखा समितिको संयोजकमा पारसमणि भण्डारीलाई चयन गरिएको छ । अधिवेशन पश्चात निवर्तमान अध्यक्ष डिल्लीराज अर्यालले निर्वाचित अध्यक्ष गोबिन्दप्रसाद मरासिनीलाई पद हस्तान्तरण गर्नुभएको थियो । सो अबसरमा निर्वाचित अध्यक्ष मरासिनीले स्कूललाई उत्कृष्ट बनाउनको लागि आफूले सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।