प्रधानमन्त्री गल्लीको डन जस्तै बोल्छन् -उपेन्द्र यादव

694

प्रधानमन्त्री गल्लीको डन जस्तै बोल्छन् -उपेन्द्र यादव

Upendra-Yadav

काठमाडौं । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको आरोप लगाएका छन् । साथै उनले अब केपी ओली सरकारको विकल्प खोज्दा मुलुकको हित हुने बताए ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा फोरम अध्यक्ष यादवले भने-‘जब जब समस्या समाधान तिर जान्छ, तब प्रधानमन्त्री गल्लीको डन र माफीया जस्तै बोल्छन् ।’ गैरजिम्मेवार भाषा बोल्नु प्रधानमन्त्री पदका लागि सोभनीय नभएको उनले बताए ।

उनले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरे । ‘गैर जिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन’ उनले भने-‘आफू छिट्टै भुतपूर्व हुने देखेर होला, ओली विशिष्टहरुको सुविधा बढाउने तिर लागेको ।’

बालुवाटार र बालुवाटार नेक्ससले ब्ल्याक ईकोनोमीबाट कमाइरहेकोे र समस्या समाधान गर्न नचाएको उनको आरोप छ । उनले भने-‘सरकार आन्दोलन लामो होस भन्ने चाहन्छ ।’

मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अतिवादले समस्या पारेको हो ? भन्ने प्रश्नले यादवले उत्तर र दक्षिणबाट आएको अतिवादीले देशको हिन नहुने जवाफ दिए ।

एउटा अति राष्ट्रबवद र अर्को पहाडे समुदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन जुन तराईमा देखिएको छ’ उनले भने-यसले जनतावीचको दुरी बढाउँदैछ । यो दुबै खाले चिन्तन असह्य हुँदैछ ।’

मधेसमा भइरहेको आन्दोलन पहाडे वा मधेसी कुनै पनि समुदायको विरुद्ध नभई विभेद विरुद्ध भएको उनले बताए ।