बुटवल लाईटमा लायन्स सम्बन्धि अभिमुखिकरण

203

बुटवल लाईटमा लायन्स सम्बन्धि अभिमुखिकरण

लायन्स क्लव अफ बुटवल लाईटमा क्लवका सदस्यहरुलाई लायन्स सम्बन्धि अभिमुखिकरण गरिएको छ । क्लवको आयोजनामा बुधबार बुटवलमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । त्यस अवसरमा लायन्स डिष्ट्रिक चिफ एड्भाईजर उमंग देवकोटा, रिजन चेयरपर्सन नारायण थापा, जोन चेयरपर्सन शंकर पाण्डे लगायतले प्रशिक्षण गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै क्लवका अध्यक्ष प्रेमराज न्यौपानले क्लवका सदस्यहरुलाई लायन्स बारे जानकारी गराउन र लायन्सका गतिबिधिमा अझै बढी क्रियाशिल बनाउनको लागि जानकारीमुलक कार्यक्रम गरिएको बताउनु भयो ।
त्यस अवसरमा लायन्स क्लव अफ बुटवल क्षितिजका अध्यक्ष लोकेन्द्र लिम्बु, द्वितीय उपाध्यक्ष ध्रुव शर्मा लगायतले भनाई राख्नुभएको थियो । क्लवका प्रथम उपाध्यक्ष दीपक अधिकारीको सञ्चालन तथा कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीको स्वागतमा कार्यक्रम भएको थियो ।