नेपाल रेडक्रस सोसाईटीमा सुदर्शन नेपालको नेतृत्वमा तदर्थ समिति गठन

425

नेपाल रेडक्रस सोसाईटीमा सुदर्शन नेपालको नेतृत्वमा तदर्थ समिति गठन

सरकारले नेपाल रेडक्रस सोसाईटीमा सुदर्शन नेपाल सभापति रहनेगरी तदर्थ समिति गठन गरेको छ । सरकारले नेत्रप्रसाद तिम्सिना सभापति रहेको तदर्थ समिति भंग गरेर नेपाल सभापति रहनेगरी अर्को तदर्थ समिति गठन गरेको हो ।
अदालतको फैसला अनुसार तिम्सिना नेतृत्वको समितिको म्याद सकिएकाले उक्त समितिलाई भंग गरेर ३ महिनाको म्याद सहित नेपालको सभापत्विमा नयाँ समिति गठन गरिएको हो ।
यस अगाडि केपि ओली नेतृत्वको सरकारले सञ्जिव थापा नेतृत्वमा रहेको रेडक्रसको कार्यसमिति भंग गरेर तिम्सिना नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।