स्थापना दिवसकाे अवसरमा प्याव्सन बुटवलले सुस्तमनस्थिति वालविद्यामन्दिर बुटवलमा सहयाेग गरेकाे छ । नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याव्सन) बुटवल नगर समितिले बुटवल उपमहानगरपालिका वडा नं. ७ मा रहेकाे उक्त विद्यालयलाई पिउने पानीकाे लागि फिल्टर, स्टेसनरी तथा खेलकुदका सामाग्रि प्रदान गरेकाे हाे ।
प्याव्सनकाे एकतिसाैं स्थापना दिवसकाे अवसरमा शुक्रबार नगर अध्यक्ष कुलानन्द पाण्डेकाे नेतृत्वमा गएकाे टाेलीले विद्यालयका अध्यक्ष लाेकनाथ भुसाललाई उक्त सामग्रि हस्तान्तरण गरिएकाे हाे ।
त्यस अवसरमा प्याव्सनका केन्द्रीय प्रागिक सल्दाहकार लाेकनाथ उपाध्याय, केन्द्रीय सदस्य टिकाराम न्याैपान, प्रदेश अध्यक्ष लालहरी पाण्डे, रुपनणदेहीका उपाध्यक्ष कुलराज शर्मा लगायतले भनाई राख्नुभएकाे थियाे ।
कार्यक्रम नगर उपाध्यक्ष मित्रहरी आचार्यकाे स्वागत तथा सचिव रामकृष्ण खनालकाे सञ्चालनमा भएकाे थियाे ।