माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

350

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा असहज भएपछि सुक्रबार साँझ पिसिआर परीक्षण गरिएकाे थियाे ।
अध्यक्ष प्रचण्डकाे सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
डाक्टरको सल्लाह अनुसार अध्यक्ष प्रचण्ड हाेम आइसोलेशनमा बस्नुभएकाे छ ।  उहाका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ । त्यस्तै नेता श्रेष्ठपनि आईसाेलेसनमा बस्नुभएकाे छ ।