निलम्बित सशस्त्रका महानिरिक्षक वन्त १० करोढ धरौटीमा रिहा

358

निलम्बित सशस्त्रका महानिरिक्षक वन्त  १० करोढ धरौटीमा रिहा

wanta

काठमाडौँ,/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनमा परेका सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तसंग  १० करोड रुपैँया धरौटी माग गरेको छ। अख्तियार उच्च स्रोतका अनुसार सोमबार बयान लिँदा लिँदै नसकिएपछि अख्तियारले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन खोजेपछि उनले धरौटीमा रिहा हुने चाहना व्यक्तगरेका थिए। रिहा हुने भए १० धरौटी मागेको थियो। उनले अहिले उक्त रकम बराबरको बैंक ग्यारेण्टी लिएर अख्तियारमा गएका छन्। वन्त अहिले अख्तियारको अनुसन्धान कक्षमै छन्।अख्तियार प्रवक्ता कृष्णहरि पुष्करका अनुसार भने उनले धरौटी बुझाइसकेका छैनन् बुझाउने प्रक्रियामै छन्।आज विहान अख्तियारको टोलि उनलाई  पक्राउ  गर्न निवास पुगेको थियो। उनले आफै उपस्थित हुने भनेपछि टोलि फर्केको थियो। अख्तियारकै सिफारीसमा सरकारले उनलाई तीनमहिनाका लागि निलम्बन गरेको छ।