माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय : २५ जना भन्दा बढी भेला हुन रोक

496

माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय : २५ जना भन्दा बढी भेला हुन रोक

सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउँदै माघ १५ गतेसम्म देशभरका विद्यालय विदा गर्ने निर्णय लिएको छ । कोरोना भाईरस संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आईतबार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको थियो । सोही अनुसार सरकारले निर्णय लिएको हो । त्यस्तै अभिभावकलाई पनि आफ्ना बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरिएको छ ।
कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेको र त्यसलाई माघ १५ सम्म लम्ब्याउने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकिएको छ ।
त्यस्तै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा हुनेगरी भेला, मेला महोत्सवहरु आयोजना नगर्न र नगराउन स्थानीय प्रशासनलाई निर्देशन गरेको छ ।