अब होटल छिर्दा पनि अनिवार्य खोप कार्ड

287

अब होटल छिर्दा पनि अनिवार्य खोप कार्ड

सरकारले अब होटल छिर्दा पनि खोप कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले होटल छिर्दा अब खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।
सरकारले आगामी माघ ३ गतेदेखि लागु हुनेगरी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क लगायतका स्थानमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको हो । आफूले लगाएको खोपको कार्डको फोटो मोवाईलमा भएपनि देखाउनु पर्ने र कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गरिएको हो ।