रोटरी बुटवल साउथद्वारा विपन्न बालबालिकालाई न्यानो कपडा

274

रोटरी बुटवल साउथद्वारा विपन्न बालबालिकालाई न्यानो कपडा

रोटरी क्लव अफ बुटवल साउथले गरिव तथा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । क्लवले बुटवल उपमहानगरपालिका वडा नं. ११ नयाँ दुर्गानगरमा रहेको मायादेवी जनजाग्रिती आधारभुत विद्यालयमा अध्ययन गर्ने ९२ जना बालबालिकालाई ट्याकसुट प्रदान गरेको हो ।
विद्यालयको वार्षिकोत्सवको अवरमा आईतबार आयोजित कार्यक्रममा क्लवका अध्यक्ष ध्रुव धितालले ति बालबालिकालाई न्यानो कपडा (ट्याकसुट) प्रदान गर्नुभएको हो । त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङले आफ्नो विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा प्रदान गरेकामा क्लवलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले सामाजिक सेवामा रोटरीले अतुलनीय योगदान गरेको चर्चा गर्नुभयो । उक्त कार्यक्रमको लागि क्लवका पूर्व अध्यक्ष डा. खिमानन्द पाण्डेले संयोजन गर्नुभएको थियो ।