जीवन बचाउने अन्तिम प्रयास : ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

344

जीवन बचाउने अन्तिम प्रयास : ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

अमेरिकामा एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो । अमेरिका बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलता पूर्वक प्रत्यारोपण गरिएको हो ।
ती व्यक्तिमा मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो । बेनेटको जीवन बचाउने अन्तिम प्रयास स्वरुप गरिएको प्रत्यारोपण पछि अहिले उनी स्वस्थ रहेको बताईएको छ । यद्यपी उनी अव कति बाँच्छन यकिन छैन । अप्रेसन गर्नुअघि बेनेटले भनेका थिए–‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो ।’
युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामकले यो काम गर्नका लागि विशेष प्रकारको स्वीकृति दिएको थियो । यो अप्रेसनले विश्वमा मानव अंगको संकट समाधानमा एक कदम अगाडि पुगेको विश्लेषण गरिएको छ ।
अमेरिकामा १ लाख बढी मानिसहरु मुटु प्रत्यारोपणको पालो कुरिरहेका छन् भने प्रत्यारोपणको पालो कुर्दाकुर्दै हरेक दिन १७ हजार मानिसको ज्यान जाने गरेको छ । यस्तो अवस्थामा जनावरको अंग मानिसमा प्रत्यारोपणको सम्भावनाबारे अमेरिकामा अनुसन्धान भईरहेको थियो ।