बालबालिकालाई लायन्स बुटवल मिलनको न्यानो ज्याकेट

436

बालबालिकालाई लायन्स बुटवल मिलनको न्यानो ज्याकेट

लायन्स क्लव अफ बुटवल मिलनले बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा रहेको प्रगति माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा प्रदान गरेको छ । मेल्विन जोन सर्भिस वीक अन्तरगत मेल्विन जोनको १४३ औं जन्म दिवसको अवसरमा त्यस विद्यालयमा अध्ययन गर्ने कक्षा शिसुदेखि २ सम्मका १०३ जना बालबालिकालाई ज्याकेट प्रदान गरिएको क्लवकी अध्यक्ष शारदा थापाले बताउनु भयो ।
बालबालिकालाई न्यानो कपडा (ज्याकेट) तिवरण गर्दै लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठले लायन्स क्लवको बारेमा प्रष्ट्याउनु भएको थियो । त्यस्तै विद्यालयकी प्रधानाध्यापक शिवाकुमार अर्यालले गरिव तथा विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेकोमा क्लवलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
क्लवकी अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक एडभाईजर उमंग देवकोटा, एरिया चिफ नारायण थापा, जोन चियरपर्सन शंकर पाण्डे, क्लवका संस्थापक अध्यक्ष गोपाल टण्डन, पूर्व अध्यक्षहरु राजेश भट्टराई, ज्ञानप्रसाद अर्याल, खेम अधिकारी सहित क्लवका सदस्यहरुको सहभागिता थियो ।
क्लवका कोषाध्यक्ष वालनरसिंह कुवँर (अनिल)को संयोजनमा भएको कार्यक्रम सचिव सुरेन्द्रराज ज्ञवालीको सञ्चालनमा भएको थियो ।