अगाप्पेको ल्याव उपकरण नेपाली बजारमा ‘रोड शो’

1.3K

अगाप्पेको  ल्याव उपकरण नेपाली बजारमा ‘रोड शो’

स्वीजरल्याण्ड प्रविधिमा अगाप्पे डायग्नोस्टिकद्वारा भारतमा उत्पादित प्रयोगशाला उपकरणको नेपालमा प्रचारप्रसार तथा प्रवद्र्धन गरिएको छ । विशेष गरेर काठमाण्डौमा बिहिबारदेखि हुन लागेको सर्जिकल एक्स्पोमा सहभागि हुन नेपाल भित्रिएको उक्त कम्पनी एक्स्पो स्थगित भएपछि देशका बिभिन्न शरहमा व्यवसायिक प्रवद्र्धनमा जुटेको हो ।
एक्स्पोमा सहभागि हुनको लागि नेपाल आएका कम्पनीका प्रतिनीधिहरुले उपकरण सहित नेपालगञ्ज, टिकापुर, महेन्द्रनगर, धनगढी, तुलसीपुर, घोराही हुँदै बुधबार बुटवल ‘रोड शो’ गरेको हो ।
कम्पनीले एडभान्स उपकरण सहितको डेमो प्रदर्शनी गरेको हो । कम्पनीले बजारमा ल्याएका ल्याव परीक्षणका उपकरणहरु सेमी अटो एनालाईजर, मिस्पा भिभा र मिस्पा प्लस, फूल्ली अटो एनालाईजर, मिस्पा सिएक्सएल प्रो, कल्चर काउन्टर, मिस्पा काउन्ट एक्स, स्पेसिफिक प्रोटेन एनालाईजर मिस्पा आईटु, मिस्पा र्आइथ्री लगायतका बारेमा जानकारी गराएको हो । कम्पनीका नेपाल कन्ट्रि म्यानेजर सुमन थापाले नेपालको लागि नौलो प्रविधि रहेको बतउनु भयो । उहाँका अनुसार यो रोड शो पोखरा, भरतपुर, काठमाण्डौ, बनेपा हुँदै अरु शहरमा जानेछ ।
बुटवलका लागि आधिकारिक बिक्रेता भैरव सर्जिकेम सप्लायर्स तथा एसबिआर सर्जिकलका सञ्चालक रुद्र कार्कीले भारतको केरलामा रहेको अगाप्पे डायग्नोस्टिक कम्पनीले ल्याव परीक्षणको लागि आएका नयाँ नयाँ प्रविधि सहितका उत्पादन नेपालका शहरहरुमा रोड शो गरेको बताउनु भयो ।