बटौली संरक्षण र प्रवर्द्धनका उपाए

206

बटौली संरक्षण र प्रवर्द्धनका उपाए

महेन्द्र थापा /

बुटवल उपमहानगरपालिकाको हालको वडा नं. १ र २ अर्थात पारि बुटवलको अर्को नाम बटौलीहो । बटौली पूरानो नामहो । यही बटौलीको अपभ्रम्स रुप बुटवल हो भन्ने भनाई छ । बुद्धवल्ली (बुद्धले विचरण गरेको स्थल) बटौलीहुँदै बुटवल नामाकरण भएको हो भन्ने संस्कृतिविद् र ईतिहासकारहरुको तर्क छ । यो शहर (बजार) कतिवर्ष पुरानो हो भन्ने विषयमा स्पष्ट खोज अनुसन्धानहुनबाँकी छ । ईतिहासकारहरुले आगामीदिनमायसको खोज अनुसन्धानगर्लान् । यो एउटा राम्रो खोज अनुसन्धानको विषय छ, जिज्ञासुहरुका लागि । बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिकालगायतका संघसंस्थाहरुले यसको बिकास र प्रवद्र्धनको लागिचासो र सरोकार देखाएकाले यसको खोज अनुसन्धानअवश्यहुने नै छ । यसको संरक्षण र प्रवद्र्धनकाउपायहरु के–के हुन सक्छन ?भन्ने विषयमाचर्चा गर्नु यो लेखको मुख्य उद्देश्य हो ।
यसको संरक्षण र प्रवद्र्धनकाउपायहरुबारे चर्चा गर्नुभन्दापहिले यसको महिमावामहत्वबारे चर्चा गर्नु सान्दर्भिक होला । बटौलीबजार एक प्राचिननगर हो । पुरातात्विकशहर हो ।यहाँमहिमाशाली सम्पदाहरु प्रसस्त रहेका छन् । यसको ईतिहासबारे सामान्यखोज अनुसन्धानगर्दा वानियाल्दा बुद्धकालसँग जोडिन पुग्छ । यसको नामाकरण नै बुद्धवल्लीबाट भएको पाईन्छ । बुटवल नगरको नामाकरणको सम्वन्धमा सबैभन्दादमदार वावजनदार तर्क पनियहि नै हो । बुद्धकालमा कपिलबस्तु अन्तरगत सगरहवा, निग्लीहवा, तौलिहवा, गोटिहवा, सिसानीहवा, कुवा, हात्तिहवा, छोटीतौलिहवा, सौरहवा, विकुली, श्रीनगर, सैनामैना, धवाहा, डहरगाउँ, केदली, पदरिया, लुम्बिनी, प्रसिद्ध बटौली (बुटवल) जस्ता प्रख्यातनगर तथागाउँहरु थिए । यसबाट स्पष्ट हुन्छ की– बटौली (बुटवल) नगर बुद्धकाल भन्दा पुरानो हो । पूर्व–श्चिम (महेन्द्र) राजमार्गको निर्माण पछि मात्रै खस्यौली बजार अस्तित्वमाआएको हो । त्यसअघि बटौलीबजार नै नगर थियो । २०१६ सालमा बुटवल खस्यौली नगरपालिकाको स्थापनाहुँदा बटौलीलाई नै बुटवलको रुपमा अगाडि राखेर नामाकरण भएको पाईन्छ । बुटवल नामाकरण १८ औं शताब्दिमाभएको नेपाल–अंग्रेज युद्धकाल अघि नै भईसकेको थियो । बुटवल र स्युराज (हालकपिलबस्तु) को विषयलाई लिएर नेपाल–अंग्रेजबिच युद्ध भएको हो । यसबाट स्पष्ट हुन्छ, बटौली (बुटवल) एक समृद्ध र महिमाशालीनगर थियो । जसलाई अंग्रेजले आफ्नो कब्जामालिनचाहन्थ्यो ।
बटौलीकुनैबेलापाल्पा केन्द्र वा राजधानी रहेको सेन बंशीय राजाको शितकालिन दरवार रहेको नगर हो । गृष्मकालमा राजकाजका सबै काम पाल्पाबाट हुन्थे भने शितकालमा राजकाजको सबै काम बटौली (बुटवल) बाट हुन्थ्यो । राजकाजको केन्द्र राजधानीभएकाले यहाँधार्मिक तथा सांस्कृतिकगतिबिधिहरु प्रसस्तै हुन्थे । बुटवलको शितकालिन दरवार र पाल्पा पूर्णाकोट स्थित राजधानीको संरक्षणको लागि बुटवलमा गढी निर्माण गरिएको थियो । हिन्दुहरुका गणेशथान, कृष्णनाराण मन्दिर लगायतका सयौं वर्ष पूरानामन्दिरहरु यहाँ रहेका छन् । बौद्ध धर्मावलम्बीहरुको पद्मचैत्य विहार प्रसिद्ध छ । मुस्लिमहरुको मजार (दर्शन गर्ने स्थान) पनिउत्तिकै प्रसिद्ध छ । बटौली ज्ञानी (बुद्ध) पुरुषहरुको विचरण भूमिहो । शाक्यमुनि बुद्धको विचरण स्थलभएको तथ्य बुद्धवल्ली नामाकरणबाट नै स्पष्ट हुन जान्छ ।
शाक्यमुनि बुद्धले वैराग्यधारण गर्नुअघि बृद्ध, रोगी, मृत र भिक्षु व्यक्तिलाई देखेका भन्ने प्रसंग जुनपाईन्छ, त्यो यतै बटौलीतिर देखेको हुनुपर्दछ । बुद्धकालको यस क्षेत्रको सबैभन्दा ठूलो नगर वाशहर बुटवल रहेको स्पष्ट छ, प्रसिद्ध बुटवल यसको नाम रहेको तथ्यबाट । जिससक्राईस्टको विचरण भूमिपनिहो, बटौली । जिससक्राईस्टको जीवनका महत्वपूर्ण वर्षहरु भारत र नेपालमावितेका थिएभनेर पश्चिमा लेखकहरुले नै लेखेका छन् । यस्ता लेखमाबनारसबाट लुम्बिनी–बुटवल हुँदै ल्हासागएको भन्ने सन्दर्भलाई जोडेका छन् । जिससक्राईस्टले बुद्धको जन्मस्थलमा ६ वर्ष अध्ययन गरि पवित्र लेखनमापोख्त भएकाथिएभन्ने भनाई छ । सेनकालमा बुटवल ज्ञान भूमिको शिर्ष स्थानमाथियो । सेन राजाहरुको दरवारमा सन्त महन्तहरुको बाक्लो उपस्थितीहुने गर्दथ्यो ।
त्यसैक्रममाश्रीहरि स्वामिनारायण बटौली (बुटवल) आई राजामहादत्त सेनको दरवारमा पाहुनाबनी बसेको भन्ने भनाई छ । यहीतथ्यलाई आधार मानिभारतबाट ठूलो संख्यामा स्वामिनारायणका भक्तजनहरु अहिले पनि बुटवल फूलवारी (णिमुकुन्द सेन उद्यान) मा स्वामिनारायणको विचरण स्थलको दर्शन गर्न आउने गर्दछन् ।

बुटवलको करिव ८५ वर्ष पुरानो फोटो ।

बटौलीमानिसहरु बटुलिने (जम्माहुने) ठाउँ पनिहो । यहाँपहिले राडीपाखी, घ्यू, नुन, तेलको साटासाट हुन्थ्यो । ढाक्रेहरुको भिड लाग्थ्यो । सुदुरपश्चिमक्षेत्रबाट व्यापारी र साधारण नागरिकहरु मालसामानखरिद बिक्रिकालागि बटौलीमाजम्माहुने गर्दथे । यसरी बटौली एक प्राचिन प्रसिद्ध वाणिज्य नगर पनिहो । साविकलुम्बिनी, धौलागिरी, गण्डकी, राप्ती र कर्णालीअञ्चलको मुख्य वाणिज्य नगर हो बटौली । यसरी राजनीति, व्यापार, धर्म, संस्कृतिआदिमानव सभ्यताको समृद्ध नगर हो बटौली ।
अहिलेको सन्दर्भ वाअवस्थामायसको सम्भावना के हो त ? अब यसको खोजीहुनु पर्दछ । बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिकालगायतका संघसंस्थाहरुले यसको सुरुवात गरेका छन् । यसले निरन्तरतापाउनु पर्दछ । यो नगरको महिमाबारे विश्लेषणबाट के स्पष्ट हुन आउँछ भने अहिलेको सन्दर्भमा यसको सम्भावना पर्यटकीय गन्तव्यनिर्माण गर्ने हो । यहाँ स्थित जीतगढी (बुटवल गढी) किल्ला, सयौं वर्ष पुराना गणेश मन्दिर, कृष्णनारायण मन्दिर, पद्मचैत्य विहार, मजार, स्वामिनारायणको स्पर्श स्थल, मणिमुकुन्द सेन उद्यान, पुरानाकलात्मक घरहरु, पाटी–पौवा, सत्तल, गुम्वा, पुरानो घ्यू पकाउने कराई, जात्रा–महोत्सवआदि पर्यटकीय सम्पदाहुन् ।
मणिमुकुन्द सेन उद्यानले वर्षमा लाखौं पर्यटकहरु भित्र्याएको तथ्यांक छ । आकर्षक पर्यटकीय गन्तव्यबन्न सक्छ, आगामीदिनमा बटौलीबजार । खस्यौली नयाँविकसितबजार भएकाले यहाँव्यापारको लागिमात्रै अनुकुलपूर्वाधार निर्माण गरिएका छन् । बटौलीमा एउटा समृद्ध नगरमा हुने सबै सम्पदाहरु छन् । त्यसैले यसको सम्भावनाभनेको आगामीदिनमा पर्यटकीय गन्तब्य नै हो । यसैमा केन्द्रित रहेर अवपूर्वाधार निर्माण गरिनु पर्दछ । प्रचार–प्रसार गरिनु पर्दछ ।

त्यसका लागि निम्नलिखित गतिबिधि सञ्चालन गर्न सकिन्छ :–

१. सातामाएकदिनविदामनाउन खस्यौलीका व्यवसायीतथानागरिकहरु बटौलीबजार घुम्न जाने । यसलाई अभियानको रुपमा सञ्चालन गर्ने । यसको नेतृत्व बुटवल उद्योग वाणिज्य संघले गर्ने ।
२. बुद्धकालिन प्रसिद्ध बुटवल नगरको रुपमायसको विकास र प्रवद्र्धन गर्ने ।
३. प्राचिनतथा पुरातात्विकशहरका रुपमायसको पर्यटकीय विकास र प्रवद्र्धन गर्ने ।
४. पुरातात्विक गणेशमन्दिर, कृष्णनारायण मन्दिर लगायत पद्मचैत्य विहार, मजार आदि मठमन्दिर, गुम्बा, पाटी–पौवा, सत्तलहरुको संरक्षण र जिर्णोद्धार गरि पर्यटकीय आकर्षण बढाउने । मन्दिरहरुमा सन्ध्याकालिन आरतीको व्यवस्था मिलाउने, जसले गर्दा साँझको रमाईलो वातावरणमा रमाउन मानिसहरु आकर्षित हुन सक्छन् ।
५. होमस्टे, नेवारी रेष्टुरेन्ट एवं खाजा घरहरुको बिकास र प्रवद्र्धन
गर्ने ।
६. बटौली संग्रहालयको स्थापना गर्ने ।
७. जीतगढी (बुटवल गढी) संग्रहालयको स्थापना गर्ने ।
८. परोपकार भवनको जिर्णोद्धार एवं संरक्षण गर्ने ।
९. खस्यौलीको टक्सार भवनलाई पनि पर्यटकीय भ्रमणको सूचीमा समावेश गर्ने ।
१०.महाविर पुस्तकालयको संरक्षण र प्रवद्र्धन गर्ने ।
११. बटौलीबजारका पुराना घरहरुको मौलिकताबचाउने गरी नयाँ संरचनाबनाउने । यसको मौलिकपनलाई संरक्षण र प्रवद्र्धन गर्ने ।
१२. जीतगढी (बुटवल गढी) किल्लाको भ्रमण गर्न आउने पर्यटकहरुको बसाई अवधिलम्ब्याउनउक्तपूर्वाधारहरुको विकास गर्न जरुरी छ ।
निकट भविश्यमा बुटवलमा सिद्धार्थ रलुम्बिनी गरी दुई वटा केवलकार सञ्चालनमाआउँदैछन् । भैरहवामाअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भईरहेको छ । बुटवलमै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र औद्योगिकप्रदर्शनी स्थलनिर्माण हुँदैछन् । यसले पनि बुटवलमा पर्यटकीय गतिबिधि बढाउने छ । बुटवल पर्यटकीय विश्राम स्थलबन्ने छ । त्यसबेला पर्यटकलाई कहाँ घुमाउने ? के विक्रि गर्ने त ? यसबारे चिन्तनमनन् हुनु आजको आवश्यकताहो । अतःगन्तव्य बटौलीको प्रवद्र्धन गरौं ।

अस्तु ।