नेपाली ब्यबसायी संघ बेल्जियममा सर्वसम्मत रुपमा नया नेतृत्व चयन

565

नेपाली ब्यबसायी संघ बेल्जियममा सर्वसम्मत रुपमा नया नेतृत्व चयन

सन्तोष न्यौपाने
ब्रसेल्स/बेल्जियम

सी पी भट्टको नया नेतृत्वमा नेपाली ब्यबसायी संघ बेल्जियमको नया कार्यसमिति सर्वसम्मतले चयन भयको छ | आज आन्तर्पमा भयको संघको अधिवेसनले आगामी २ वर्षको लागि भट्टको नेतृत्वमा १९ कार्यसमिति निर्विरोध रुपमामा चुनेको छ |

समितिमा ५ जना उपाधक्ष्य रहेका छन | जसमा केदार जोशी .बिनोद धिताल .गंगा शर्मा .केशब चापागाई र कृष्ण रेग्मी रहनुभयको छ | त्यस्तै गरेर महासचिवमा यामु निरौला,कोषाध्क्षमा घनश्याम काफ्ले .सह कोषाधक्ष्यमा रमेश दाहाल र सचिवमा तेजेन्द्र कंडेल रहनु भयको छ |

संघको नया कार्यसमितिको सदस्यहरुमा कमल पन्थी,कृष्ण श्रेस्ठ.अर्जुन तिवारी,इन्द्र ओली.अर्जुन दाहाल .राजु घिमिरे.झलक के सी .पवन सुबेदी र रमेश थपलिया रहनुभयको निर्वाचन संयोजक तथा संघका सस्थापक राधाकृष्ण अधिकारीले जानकारी दिनुभयको छ |

नेपालि ब्यबसायी संघ बेल्जियममा ब्यबसाय गर्दै आयका नेपालीहरुको सस्था रहेको छ | जसले समय समयमा ब्यबसाय गर्न सहज प्रदान गर्नको लागि बिभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको छ |