क्रिमसन कलेजमा रक्तदान, ४० युनिट रगत संकलन

336

क्रिमसन कलेजमा रक्तदान, ४० युनिट रगत संकलन


बुटवलको देविनगरमा रहेको क्रिमसन कलेज अफ टेक्नोलोजीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजमा रक्तदानतर्फको आकर्षण बढाउन र यसका विभिन्न फाइदाहरुलाई आत्मसाथ गर्नुपर्छ भन्ने संदेश दिन ‘रक्तदान जिवनदान’ भन्ने मुल नारासहित सोही कलेजमा अध्यनरत विद्यार्थीहरुद्वारा कार्यक्रमको आयोजना गरिएको हो ।

सि.एस.डब्लु.सि, सि.ए.पि.एस र सि.ए.एल.एस को संयुक्त आयोजनामा उक्त कार्यक्रम कलेजको प्राङ्गणमा सम्पन्न भएको हो । कार्यक्रममा कलेजका विद्यार्थी तथा शिक्षकहरुले रक्तदान गरेका थिए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४० युनिट रगत संकलन भएको आयोजक टिम सि.ए.पि.एस का कोषाध्यक्ष विवेक पौडेलले जानकारी दिनुभयो ।