एसईई बैशाखमा : कक्षा १२ को परीक्षा जेठमा

244

एसईई बैशाखमा : कक्षा १२ को परीक्षा जेठमा

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा बैशाखमा हुने भएको छ । त्यस्तै कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी गरिएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा बैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको हो ।
यद्यपी परीक्षा तालिका भने सार्वजनिक भएको छैन । अब चाँडै नै परीक्षा तालिका सार्वजनिक गर्ने बोर्डले जनाएको छ । कोरोना भाईरस महामारीका कारण यो शैक्षिक सत्रमा पठनपाठन पनि केही ढिला भएकोले बोर्डले परीक्षा पनि केही ढिला गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्थालाई हेरेर कुन प्रणालीमा परीक्षा लिने निर्णय लिईने बोर्डले जनाएको छ ।
त्यस्तै बोर्डले यहि शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा (एसईई) परीक्षा प्रदेश स्तरमा गराउने तयारी गरेको छ । शिक्षा ऐनले कक्षा ८ को स्थानीय स्तरको कक्षा १० को प्रदेश स्तर र कक्षा १२ को राष्ट्रिय स्तरको हुने संवैधानिक व्यवस्था अनुसार एसईई परीक्षा प्रदेश स्तरमा गराउने तयारी गरिएको हो ।