कोरोनाबाट एकैदिन १५ जनाको मृत्यु

1.3K

कोरोनाबाट एकैदिन १५ जनाको मृत्यु

कोरोना संक्रमणको कारण एकैदिन १५ जनाको ज्यान गएको छ । कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा १५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७३६ जनाको पिसिआर परीक्षणमा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टिजेन परीक्षणमा २ हजार २०१ जना गरि ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभर ९० हजार ५७६ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये २५७ जनाको आईसीयू र ४९ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।