अबको निकास–ओली सरकारको विघटन-बालकृष्ण अर्याल

1K

अबको निकास–ओली सरकारको विघटन-बालकृष्ण अर्याल

balkrishana aryalllसन् १९५० को दशक अघिको नेपालको राजनितिमा प्रभाव पार्ने अन्तर्राष्ट्रिय पात्र छिमेकी देश नै थिए । विषेश गरी इष्टइन्डिया कम्पनीको औपनिवेशक राष्ट्र भारत र चाङ काई सेक को नेतृत्वमा रहेको चीन नै नेपालको राजनीतिमा प्रभाव पार्ने प्रधान पात्र हुन । जंगबहादुर राणाको राणाकालिन समयमा ब्रिटिस, इन्डिया र अंग्रेजलाई खुशि पारेर भए पनि नेपालको स्वाधिनताको रक्षा गर्न र गुमेको भुभाग फिर्ता गर्न राणाहरु सफल भएको इतिहासमा प्रस्ट छ ।
विश्वको संविधान मानिने संयुक्त राष्ट्रसंघको वडापत्रको भाग ७ ले राष्ट्रसंघीय सुरक्षा परिषदको निर्णय बमोजिम बाहेक नाकाबन्दी लगाउन नसक्ने व्यवस्था गरेको छ । विश्व शान्ति र सुरक्षाकालागि खतरा मानिने राष्ट्र विरुद्ध र सुरक्षा परिषदको निर्णय मान्न बाध्य पार्न मात्र नाकाबन्दि लागउन सकिन्छ । त्यस बाहेक भुपरिवेष्ठित राष्ट्रको अधिकार अन्तर्राष्ट्रिय व्यापार कानुन, द्विपक्षीय सन्धिहरु, अन्तर्राष्ट्रिय मानवीय कानुनहरु, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धि कानुनहरु, क्षेत्रीय सन्धिहरुको खिल्ली उडाएको छ भारतले । ‘सानालाई ऐन ठुलालाई चैन’ भन्ने उखान हाम्रो नेपाली परिवेशमा व्यापक प्रयोगमा छ । वास्तवमा त्यहि उखान आज आएर अन्तर्राष्ट्रिय रुपमा प्रयोग भएको छ । जसले जे भनेता पनि हामीले अब के बुझ्नु पर्यो भने–यो संसार बहादुरकालागि मात्रै हो, आफै बहादुर बन्नु पर्छ भन्ने पाठ सिकाएको छ यस नाकाबन्दिले ।
विगतमा भारतसँग पटक पटक झुकेका, चुकेका र बर्षौबर्षसम्म भारतकै संरक्षणमा काम गरेका नेताहरुले आफु अनुकुल राष्ट्रवादको व्यख्या गर्न थालेका छन् । अहिलेको राष्ट्रवादको परिचय भारत बिरुद्धको अभिव्यक्ति दिनु वा भारतलाई तथानाम गाली गर्नु हो । नेपाली जनताले राष्ट्रवादको व्याख्या त्यतिबेला बुझ्नेछन् जुनबेला नेपालमा बाडिएका नक्कली नागरिकता खारेज हुनेछन्, सिंहदरबारमा काम गर्ने सरकारी कर्मचारी जसले भारतीय सरकारको तलब र बोनस खाएका छन् । तिनलाई हदैसम्मको सँजाय हुने छ । राष्ट्रघातमा संलग्न हुनेलाई मृत्युदण्ड दिइने छ । राष्ट्रिय सुरक्षाका अंगहरुले राजनीतिको भेषमा जासुसी गर्नेलाई निस्तेज बनाउने छन र एनजिओ÷आईएनजिओहरुले बिदेशी गुप्तचरको काम गर्नेलाई जधन्य अपराधी सरह दण्ड दिने छन् । त्यस दिनबाट बल्ल जनताले बुझ्नेछन राष्ट्रवादको परिभाषा ।
सत्ता प्राप्तिका निम्ति स्वाभिमानको व्यापार गर्ने एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नौ महिना मै प्रधानमन्त्री पद त्याग्नु परेको थियो । त्यसैको चोटले उनी राष्ट्रवादका भाषण गर्दै हिडेका छन् । भारतकै आशिर्वादमा प्रधामन्त्री बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले उखान टुक्काले सरकार नचल्ने थाहा पाए पछि भारतसंग नझुक्ने कुराको व्याख्या गरी नेपाली जनतालाई राष्ट्रवादको क्याप्सुल बाँडेका छन । यी नेतालाई के थाहा राष्ट्रवादको परिचय । पूर्व राजा विरेन्द्रले बेल्जियमबाट हतियार झिकाउदा वंश विनाश हुन पुग्यो । पुर्वराजा ज्ञानेन्द्रले दक्षिण चिनलाई सार्कको परिवेक्षकका रुपमा ल्याउन खोज्दा र शिफारिस गर्दा राजतन्त्र अन्त्य भयो । यसरी आफुले सबैथोक गुमाएर राष्ट्रलाई केही दिने नै पक्का राष्ट्रवादी हुन् र यी हुन् पक्का नेपाली, पक्का राष्ट्रवादी ।
राजतन्त्रलाई बटमलाइन मान्ने दलले गणतन्त्रलाई शिरोधार्य गरेर आत्मसर्मपणको बाटो लिएको छ । तर उसको राष्ट्रवाद भनेको पुनः राजतन्त्रको बहाली हो । संघीयताको कट्टर विरोधी मानिएको दलले पनि संघीयता  स्वीकार गरेर संघीयतामा लम्पसार परेको छ । तर उसको राष्ट्रवाद भनेको संघीयता बिनाको संविधान वा संविधान पुर्णरुपमा लागु नगर्नु वा नगराउनु हो । धर्मनिरेपेक्षताको मुख्य वकालत गर्दै आएको दलले दिल्लीमा मोदी सरकारसँग भद्रसहमति ‘नेपाललाई हिन्दु राज्य बनाउने कुरामा’ सहमती गरेको र उसको राष्ट्रवाद भनेको भद्रसहमति अनुसार काम गर्नु अर्थात वर्तमान धर्मनिरपेक्ष संविधानको सरकारमा बसेर धर्म निरपेक्षता लागु गर्न नदिनु नै हो । त्यसैले एमाले नेतृत्वको वर्तमान सरकार टिक्छ भनेर कसैले पनि पत्याएका छैनन् भने यो सरकारले राष्ट्र«लाई कहाँ पु¥याउँछ, त्यसको मार्गचित्र स्पष्ट छैन । यीनै कारणहरुले पनि प्रधामन्त्री ओलीले सरकार टिकाई राख्ने बाहेक अन्य काम केही गर्ने छैनन् ।
बेमौसमी बाजा बजाउन जानेको एमाओवादी त्यसैको तालमा ताल मिलाएर नाच्न जानेको एमाले र थपडिमा साथ दिने अन्य दल जसका आ–आफ्नै स्वार्थ मात्रै छन्  । तिनका जगमा बनेको सरकारले संघीयता र धर्म निरपेक्ष सहितको संविधान लागु गर्नु अहिलेको मधेश आन्दोलनले फलामको चिउरा चपाउनु सरह बनाईदिएको छ । त्यसैले अबको निकास वर्तमान सरकारको बिघटन हो । त्यसकारण अव एमाओवादीको नेतृत्वमा कांग्रेस सहितको सहमतिय सरकार गठन गर्ने र संघीयता खारेज गरी संविधान संशोधन गरेर भएपनि संघीयता बिनाको संविधान ल्याउने हो भने समस्याको समाधान हुन सक्छ ।
(लेखक रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका पूर्व अध्यक्ष हुनुहुन्छ ।)