लायन्स क्लव अफ बुटवल लाईटले मृगौला पिडित डण्डबहादुुर जिसीलाई आर्थिक सहयोग गरेको छ । पर्वत कार्कीनेटाका ३८ वर्षीय मृगौला पिडित जिसीलाई उपचारमा सहयोगको लागि एक कार्यक्रमका बिच १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको क्लवका अध्यक्ष प्रेमराज न्यौपानले बताउनु भयो ।
उक्त सहयोग क्लवका प्रथम उपाध्यक्ष दीपक अधिकारीले कार्कीनेटा संम्पर्क समाज पोखरा मार्फत बिरामीलाई हस्तान्तरण गर्नुभएको हो । फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा निवासी जिसी १ वर्षदेखि दुबै मृगौलाले काम नगरेपछि उपचारको क्रममा रहेको र आर्थिक अवस्था पनि कमजोर रहेको कार्कीनेटा सम्पर्क समिति पोखराले जनाएको छ । उपचारको क्रममा भएको सबै पैसा सकिएकाले थप उपचारको लागि क्लवले सक्दो सहयोग गरिएको अध्यक्ष न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा लायन्स क्लवका रिजनल चियरप्रसन नारायणबहादुर थापा, जोन चियरप्रसन शंकर पाण्डे लगायतले मानविय सेवाको लागि लायन्स क्लवले काम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भनाई राख्नुभयो ।