आजबाट बुटवलमा लुम्बिनी एक्स्पो शुरुहुदै, अर्थमन्त्री पौडेले उद्घाटन गर्ने

1.3K

आजबाट बुटवलमा लुम्बिनी एक्स्पो शुरुहुदै, अर्थमन्त्री पौडेले उद्घाटन गर्ने

12398691_555420061294012_1762877057_oबुटवल,पुस । आजबाट बुटवलमा लुम्बिनी एक्सपो अन्तराष्टिय व्पार मेलाआजबाट शुरु हुदै छ । पौष २१ गते सम्म चल्ने मेलाको अर्थमन्त्री बिष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा झण्डै ६सय स्टल दर्ता भएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
मेलोको पुर्वसन्ध्यामा हिजो बुटवलमा जनचेतना र्याली निकालिएको थियो । मेला स्थल बुटवल मण्डपबाट निकालिएको रयालीले बुटवल नगरको परिक्रमा गरेको थियो । बिभिन्न भेषभुसा तथा झाकी सहित निस्किीएको रयालीमा बिभिन्न संघसस्थाहरुको सहभागीता थियो । यता अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको शंकरनगरस्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ( वन बाटिका) को मंगलबार सांझ अवलोकन गरेका छन् । अवलोकनका क्रममा अर्थमन्त्री पौडेलले पर्यटकीय आकर्षण र महत्वका दृष्टिले बन बाटिका निकै उपयुक्त र रमणीय रहेकाले यसको पुर्वाधार विकासमा आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले वन बाटिकाको पर्यटकीय पुर्वाधार निर्माणका लागि आवश्यक परियोजनाहरुको विस्तृत प्रतिवेदन÷प्रस्ताव लिएर आउन केन्द्रका पदाधिकारीलाई आग्रह गर्दै मन्त्रालयले यथासम्भव वजेट पार्न पहल गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा केन्द्रका अध्यक्ष बाबुराम अर्यालले केन्द्रमा रहेको चिडियाखानालाई क्षेत्रीयस्तरको मान्यता÷स्वीकृति दिन पहल गरिदिन आग्रह गर्दै सरकारबाट सहयोग भए वनबाटिकालाई पश्चिमान्चलकै आकर्षक पर्यटकीय स्थल बनाउन सकिने बताए । अर्थमन्त्री पौडेलसंगै एमाले उपाध्यक्ष युवराज ज्ञवाली,सचिव गोकर्ण बिष्ट, नेता नेत्र पन्थी, लिला गिरी लगायतको सहभागिता थियो ।